Latest
img

Breaking: मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । निवर्तमान प्रदेश सांसद समेत रहेका गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए ।१ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।उता चितवन २ को मतगणना जारी छ । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।पोखरेलले ३६४, नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ४३ मत पाएका छन् ।

यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।त्यस्तै डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा पछि परेका छन् । यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले अग्रता लिएका छन् ।यहाँ सागर ढकालले ३२ मत पाएका छन् । शेरबहादुर देउवाले ४ मत पाएका छन् ।

उता काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएको छ। तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन्। राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले दुई सय ५२ मत पाएका छन्। तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो। एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो।निर्वाचन क्षेत्र नंं ३ प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता छ। प्रदेशतर्फको तीन हजार ९७ मत गन्दा लामाले नौ सय ५६ मत प्राप्त गर्नुभएको हो। एमालेका चन्द्रमान लामाले सात सय ९०,

स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले पाँच सय ७४, राप्रपाका चुण्डी लामाले पाँच सय २३ र नेकपा (माओवादी केन्द्र) का कपिलमुनि उप्रेतीले ९० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशतर्फ तीन हजार एक मत सदर र ९६ मत बदर भएको जनाइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment