Latest
img

चितवन क्षेत्र न. २ अन्तर्गत ११२६ गणना हुदा(इच्छाकामना १ को गणना) सकिदा रविलाई ८७ मात्रै

चितवन क्षेत्र नं २ को ताजा मत परिणाम प्राप्त भएको छ जस अनुसार ११२६ मत गन्दा एमाले ५५४ काङ्ग्रेस ३९७ घण्टी ८७ मत रहेको छ उता काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीले दोब्बरको अग्रता कायम गरेको छ ।

ताजा मतपरिणाम अनुसार रास्वपा की उम्मेदवार सोविता गौतम १२४ मतका साथ अग्रस्थानमा छिन् ।उनलाई पछ्याइरहेका छन् नेकपा एमालेका मणिराम फुयालले । फुयाँलले ८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले ६४ मत ल्याउँदा सत्ता गठबन्धनतर्फ नेकपा मा‌ओवादी केन्द्रकी ओनसरी घर्तिले पाएको मत ५९ छ ।

त्यस्तै ललितपुर ३ मा एमालेका अमृत खड्को अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ब्रेक गरेकी छन् ।४ हजार ९०५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएर अग्राता लिएकी छन् ।उनलाई एमालेका खड्काले १ हजार ४४८ ल्याएर पछ्याइरहेका छन्।

भने, माओवादीकी पम्फा भुसाल ९८८ मत ल्याएर तेस्रो छिन् ।त्यस्तै उता नेकपा एमालेको अग्रता तोड्दै झापा २ मा स्वतन्त्र उम्मेदवार स्वगत नेपाल अघि बढेका छन् ।क्रस खुकुरी चिन्हबाट चुनाव लडेका नेपालले २९७६ मतका साथ अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मतका साथ दोस्रोमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरि रानाले १५६८ मत पाएका छन् ।

त्यसै गरि काठमाडौं १ मा जारी गणनामा राप्रपाका रवीन्द्र मिश्र सबैलाई उछिनेर पहिलो स्थानमा आएका छन् । ९३२६ गणना हुँदा रवीन्द्र मिश्रको २४१६ मत छ ।कांग्रेसका प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।त्यस्तै मकवानपुरको क्षेत्र नंबर २ मा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले सुरुवाती अग्रता हासिल गरेका छन् ।

दुईहजार ३८५ मत गणना हुँदा बर्तौलाले अग्रता कायम गरेका हुन् ।उता मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् । एमालेबाट टिकट नपाएपछि मण्डल स्वतन्त्र उठेका थिए । उनले ५०० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले २०० मत प्राप्त गरेका छन् ।

एमाले-जसपा गठबन्धनका उम्मेदवार जसपाका राजकुमार यादवले १०० मत पाएका छन् ।मोरङ ५ अन्तगत पर्ने धनपालथानबाट मतगणना सुरु गरिएको छ ।उता मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि मुस्ताङबाट विजयी सुरुवात गरेको छ ।

मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए । विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।

योसँगै एमालेले जित्ने प्रबल सम्भावना देखेको मुस्ताङमा हार व्यहोरेको छ । यसघी मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् । योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment