Latest
img

१७ पटक प्रधानमन्त्रीमा हारेको बिजोग व्यक्ति किन बुरुकबुरुक ? विधेयक फिर्ती बबाल गर्नुपर्ने विषय नै होइन -नेता अधिकारी

नेकपा एमालेका नेता खगराज अधिकारी मुलुकमा फिजीकरण रोक्न राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “गठबन्धन दलका नेताहरुले आफूलाई संविधान र कानुनभन्दा माथि देखाउनु बेठीक हो ।

देशलाई नै गम्भीर प्रभाव पार्ने विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने व्यवस्था संविधानमै छ । यो बबाल गर्नुपर्ने विषय नै होइन । नेपालीलाई नागरिकता दिने कुरामा विधेयक सुँड घुसारेर आएको छ । यो फिर्ता नगरेको भए मुलुक फिजीकरणतिर जान्थ्यो ।”

नेता अधिकारीले एमालेले राष्ट्रपतिलाई नागरिकता विधेयकबारे कुनै सल्लाह र सुझाव नदिएको पनि स्पष्ट पारे । उनले थपे, “प्रमुख कुरा त अहिलेको नागरिकता विधेयक समितिमै गएन ।

त्यत्रा संशोधनलाई बेवास्ता गरी सांसद बाहिर गएका बेला हतारहतार पास गरियो । हामीले राष्ट्रपतिलाई कुनै सल्लाह र सुझाव दिएका छैनौं । उहाँले स्वविवेक प्रयोग गर्नुभएको हो ।

किनभने उहाँ संविधानको संरक्षक हो । राष्ट्रको अभिभावक हो । कसैले राष्ट्रपति मन नपरकोे भए अर्कै कुरा हो ।”

उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति पनि कटाक्ष गरे । अधिकारीले भने, “रामचन्द्र पौडेल त्यसै किन बुरुकबुरुक उफ्रेको ? राष्ट्रपतिप्रति जे मनमा लाग्छ, त्यही बोल्ने ?

आफैं राष्ट्रपतिका लागि र्याल काडेको व्यक्ति हो । १७ पटक प्रधानमन्त्रीमा हारेको बिजोग व्यक्तिका बारेमा के टिप्पणी गर्ने ?”
reportersnepal

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment