Latest
img

सागर ढकाल भन्दा झिनो मत अन्तरले देउबा अगाडी

डडेल्धुरा को ताजा मत परिणाम प्राप्त भएको छ । प्राप्त पछिलो मत परिणाम अनुसार सागर ढकाल भन्दा शेर बहादुर देउबा केहि मतले अगाडी देखिएका छन् । जस अनुसार ३६७३ मत् गन्दा शेरबहादुर देउवा १७३६ सागर ढकाल ९४३ र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)लाइ ६२३ मत प्राप्त भएको छ ।

पछिल्लो अपडेट अनुसार सागर ढकालले देउबासंगको मतान्तर घटाऊदै लगेका छन् ।उता मुस्ताङ प्रदेश सभा २ मा नेपाली काँग्रेस विकल शेरचन बिजयी भएका छन । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।

योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।यस अघि मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै बिजयी भएका थि । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए ।

विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।योसँगै एमालेले जित्ने प्रबल सम्भावना देखेको मुस्ताङमा हार व्यहोरेको छ । यसघी मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् ।

योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।उता झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् ।

नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत प्राप्त गरेका छन् । हल्दिबारी लिङ्देनको प्रभाव रहेको गाउँपालिका हो ।त्यस्तै उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा कांग्रेस नेता डाक्टर नारायण खड्काले अग्रता लिएका छन् । खड्का नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा १७ मतले अगाडि छन् ।

१ हजार मत गणना गर्दा डा. खड्काले ४०४ मत पाएका छन् भने चौधरीले ३८७ मत प्राप्त गरेकी छिन् ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवकुमार रायमाझीले ५१ मत पाएका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा २ मा भने ५ सय मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २३५ र नेकपा एमालेका ईश्वरमणी राउतले १६५ मत प्राप्त गरेका छन् ।

उता तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ । अहिलेसम्म कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । उनको पक्षमा १६१ मत आउँदा एमाले उम्मेदवार एकबहादुर रानाले १०६ मत ल्याएका छन् ।त्यस्तै स्वतन्त्रका उम्मेदवार गोविन्दराज जोशीले ४१ मत पाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment