चितवन ।रात ९ बजेसम्ममा चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल मतगणनामा अगाडि देखिएका छन् । केवल करिव ३ हजार मत गन्दा उनले १ हजार ४ सय ५ मत पाएका छन् ।जबकी रबि लामिछानेले केवल ५८४ मत मात्र पाएका छन् ।
दोस्रो स्थानमा रहेका काँग्रेसका बहालवाला मन्त्री उमेश श्रेष्ठले १ हजार ५० मत पाएका छन् । यसैलाई को जित्दैछ भन्ने आधार बनाएर भएका हल्ला वा चिन्ता बढिरहेपनि रबि लामिछानेले चितवनबाट भारी मत सहित जित्ने निश्चित देखिन्छ ।चितवन जिल्ला क्षेत्र नम्वर २ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेका छन् ।
तर आइतबार भएको मतदानमा चितवन २ मा ८४ हजार ३१५ मत खसेको छ ।अर्थात् अहिले गनेर सकिएको मत केवल ५ प्रतिशत मात्रै छ । यस बाहेक अहिले मतगणना भएको क्षेत्र स्थानिय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले भारी मत सहित जितेको पकड क्षेत्र हो ।
जहाँबाट रवि लामिछानेले करिव २५ प्रतिशत मत पाउनुले अन्य क्षेत्रमा ठूलो मत पाउँदैछन् भन्ने शुभ संकेत पनि हो ।यति मात्र होइन चितवनको केही नगर क्षेत्रका केही वार्ड एमालेको अझै पकड क्षेत्र छ, जहाँबाट रवि लामिछानेले यहि स्तरमा मत पाउनुपनि राम्रो मान्नु पर्दछ ।
अर्को तर्फ नेपाली काँग्रेसको कोर भनिने दुई नगर क्षेत्र भित्रको मत समेत गन्न बाँकी छ । जहाँ नेपाली काँग्रेसका उम्मेदवार श्रेष्ठले बढि मत पाउने सहजै पूर्वानुमान गर्न सकिन्छ । तर यि क्षेत्रमा पनि रविले पाउने मत दोस्रोमा रहनसक्ने भएकाले दुवै उम्मेदवारको पकट क्षेत्रबाट २५ प्रतिशत मत पाउँदा रबि लामिछानेले कुल क्षेत्रमा १० हजार हाराहारीको मत पाउनेछन् ।
तर बजार क्षेत्र सहित दुवै दलको न्यून प्रभाव रहेका करिव ४० हजार मतदान भएका क्षेत्र रवि लामिछानेले मत पाउने मुख्य कोर एरिया हो । जहाँबाट रवि लामिछानेले ५० प्रतिशत भन्दा बढि मत पाउने पूर्वानुमान हुँदा एमाले वा काँग्रेसका उम्मेदवारले केवल १० प्रतिशतको हाराहारीमा मात्र मत पाउने देखिन्छ ।
यस आधारमा काँग्रेस र एमालेको पकड रहेका ४० प्रतिशत मत केन्द्रबाट रवि लामिछानेले २५ प्रतिशत मत मात्र पाएपनि उनको लागि जितमा मतान्तर बढि बनाउन पर्याप्त देखिन्छ ।चितवन २ को मतगणनाको प्रारम्भिक गति हेर्दा सबै मतगणना सकिन बिहिबारसम्म कुर्नुपर्ने देखिन्छ । तर रवि लामिछानेले जित्ने मतान्तरको मत मंगलबार साँझबाट नै सजिलै देख्न सकिनेछ ।
Leave A Comment