काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठले तीन हजार मत ल्याएर अग्रता कायमै गरेका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुमन सायामीले दुई हजार ८११ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)का शिव सुन्दर राजवैद्यले एक हजार ३८७, नेकपा (एकीकृत समाजवादी) पार्टीका जीवनराम श्रेष्ठले एक हजार १९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले ८६७ मत प्राप्त गरेका छन् ।यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सबैलाई माया र सद्भावको लागि कृतज्ञ व्यक्त गरेकी छिन्।
मतपरिणाममा अग्रता लिँदै गएपछि सामाजिक सञ्जालमार्फत धन्यवाट प्रकट गरेकी हुन्। उनले फेसबुकमा लेखिकी छिन,‘धेरै भन्दा धेरै शुभेच्छा, शुभकामनाका सन्देश तथा फोन आइरहेका छन्, हजुरहरू सबैले दिइरहनुभएको यो माया र सद्भावका लागि कृतज्ञ छु,कृपया आधिकारिक चुनावी अपडेट हामी यही पेज मार्फत गर्नेछौँ।’
उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल छिन्।उता चितवन २ को पछिल्लो अपडेट प्राप्त भएको छ ।जस अनुसार उमेश श्रेष्ठको १३३४ , कृष्ण भक्त पोख्रेलको १५६६, रबि लामिछानेको ८२६ रहेको छ ।अहिले सम्म ३९५१ मत गनिएको छ ।
यो निर्वाचन क्षेत्रमा २३२ मतले एमालेका कृष्णभक्त पोखरेल अगाडि छन् ।उता ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् ।मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।उता भक्तपुरको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षत्रीले एमालेका उम्मेदवार महेश बस्नेतलाई फराकिलो मतान्तरले पछि पार्नुभएको छ ।
२० हजार ३९३ मत गणना सकिदा कांग्रेसका थापाले ८ हजार १२५ मत प्राप्त गर्नुभएको छ भने एमालेका बस्नेतले ७ हजार २०९ मत प्राप्त गर्नुभएको छ ।यस्तै नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगरले १ हजार ५०६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साजन विकले १ हजार ४७७ मत प्राप्त गर्नुभएको छ ।उता चितवन क्षेत्र नम्बर १ मा घण्टीले अग्रता लिन शुरु गरेको छ ।नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलको अग्रता तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अघि बढेका छन् ।
करीव ५५ सय मत गन्दा ढकाल १८४९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका पौडेलको १८१० र एमालेका सुरेन्द्र पाण्डेको १३६६ मत रहेको छ ।
Leave A Comment