Latest
img

ललितपुर ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की निकै अगाडी

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिएकी छिन्। उनले एमालेका अमृत खड्कामाथि ५०९ मतको अग्रता लिएकी हुन्। कार्कीले दुई हजार ९३१ तथा एमालेका खडकाले दुई हजार ४२२ मत ल्याएका छन्।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट उठेकी पम्फा भुसालले एक हजार ३४४ मात्र मत ल्याएकी छिन्। उता झापा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालको अग्रता कायमै छ। यहाँ ४५१२ मत गणना हुँदा घन्टी चुनाव चिह्नका ढकाल ३१२ मतले अगाडि बढेका छन्।

ढकालले १७८१ मत पाउँदा उनका निकटतप्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद सावाँले १४६९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसका देउकुमार थेबेले ८२७ मत पाएका छन्। उता प्रतिनिधि सभा निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ।

हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले त्यहाँ १३२४ मतसहित अग्रता लिएका छन्।यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँलाई स्वतन्त्र पाटीका उम्मेदवारले पछ्याउँदैछन्। अब्दुस मियाँले २६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले २२३ मत पाएका ५न्।

त्यस्तै इलाम- २ सुवास नेम्वाङले अग्रता लिएका छन्। २९४१ मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १०७९ मत पाएका छन्। १६२३ मत गणना हुँदा कांग्रेसका डम्बरबहादुर खड्काको १०३८ मत छ। सुरुदेखि नै खड्काले अग्रता लिँदै आएका थिए। अहिले नेम्वाङ अघि बढेका हुन्।

उक्त निर्वाचन क्षेत्रबाट नेम्वाङले जित्दै आएका छन्। यता पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा एकीकृत समाजवादीका सोमप्रसनद पाण्डेले अग्रता दिएका छन्। उनले एमालेका ठाकुर ठाकुर गैरेमाथि ७ मतको अग्रता लिएका हुन्। पाण्डेले ८१५ तथा गैरैले ८०८ मत ल्याएका छन्।

त्यस्तै दाङ क्षेत्र नम्बर २ मा एमालेका महासचिव शंकर पोखरेले ७ सय मतले पछी परेका छन्। माओवादी केन्द्रकी रेखा शर्मासँग उनी सुरुदेखि नै पछि परेका हुन्। ५ हजार ८१८ शर्माको २४३० मत छ। एमाले महासचिव पोख्रेल १७४९ मतसहित पछ्याइरहेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी ६ सय ७४ मत ल्याएका छन्।

उता इलाम क्षेत्र नं १ मा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पछि परेका छन्। एमालेका महेश बस्नेतले ४ सय भन्दा बढी मतको अग्रता लिएका हुन्। बस्नेत २ हजार ४८५ मतसहित अग्रस्थानमा छन्। उनीलाई खनालले २ हजार १० मतसहित पछ्याइरहेका छन्। यो क्षेत्रमा खनालले जित्दै आएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment