Latest
img

रहेनन् चर्चित कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महाबिर विश्वकर्मा

चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दु’ र्घटनामा परेर मृ’ त्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दु’ र्घटना हुँदा उहाँको मृ’ त्यु भएको हो ।

आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्या’ पिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उहाँको घटनास्थलमै मृ’ त्यु भएको प्रहरीले जनाएको छ । दु’ र्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उहाँ निर्वाचनमा मतदान गर्न चितवन आएको उहाँका भाई भुवन विकले जानकारी दिनुभयो । श’ व पो’ ष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उहाँले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गर्नुभएको थियो ।

उहाँले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ ।उहाँ पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य हुनुहुन्यो ।राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामले घटनाप्रति दुःख व्यक्त गर्दै शो’ क वक्तव्य जारी गर्नुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment