Latest
img

काठमाडौं–१ बाट प्रकाशमान सिंह लगातार चौंथो पटक विजयी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १ बाट लगातार चौंथो पटक विजयी भएका छन्। प्रजातन्त्रका यो’ द्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च क’ माण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन्।

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए। वि.सं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहे।

सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्छन्। सिंहले यस निर्वाचनमा ७ हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन्। सिंह उनका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा १ सय २९ मतले अगाडि रहँदै निर्वाचित भएका हुन्।

मिश्रले सात हजार ११ मत ल्याएका छन्। अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए। यता उता काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको बिजयी भएका छन् । ४ हजार ८८१ मत गणना बाँकी छँदा कांग्रेसका थापाले ५ हजार ९९१ मतको अग्रता लिएका छन् ।

कांग्रेसका थापाले १९ हजार १४ मत प्राप्त गर्दा एमालेका डा. राजन भट्टराईले १३ हजार २३ मत पाएका छन् ।गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment