चितवन २ को ताजा अपडेट प्राप्त भएको छ ।जस अनुसार १०४६८ गणना हुदा कृष्णभक्त पोखरेल ३६२३ रवि लामिछाने २९७८ उमेश श्रेष्ठ ३२१६ मत प्राप्त गरेका छन ।अहिले इच्चाकमाना गाउँपालिकाको सबै मतगणना सकिएको छ ।
उता भक्तपुर क्षेत्र नम्बर २ मा गणनाको सुरुवातदेखि नै पछाडि रहेका नेकपा एमालेका महेश बस्नेत अगाडि आउन सकेका छैनन् ।त्यहाँ झन्डै ३० हजार मत गन्दा बस्नेतले १० हजार ७ सय ६२ मत ल्याएका छन् ।उनलाई पछि पारेका नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले १२०५३ मत ल्याएका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा गणनाको सुरुवातदेखि नै पछाडि रहेका नेकपा एमालेका महेश बस्नेत अगाडि आउन सकेका छैनन् ।त्यहाँ झन्डै ३० हजार मत गन्दा बस्नेतले १० हजार ७ सय ६२ मत ल्याएका छन् ।उनलाई पछि पारेका नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले १२०५३ मत ल्याएका छन् ।
त्यस्तै, त्यहाँ नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले २०६३ मत ल्याएकी छिन् ।त्यस्तै, त्यहाँ नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले २०६३ मत ल्याएकी छिन् ।उता कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं-४ बाट विजयी बनेका छन् ।
एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् ।प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ ।निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन ।
जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आएका छन् ।अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् ।
गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।यस अघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १ बाट लगातार चौंथो पटक विजयी भएका छन्।
उता गुल्मी २ मा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ५५८ मतका साथ अग्रता लिएका छन् ।उनलाई पछ्याइरहेकी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी
रामकुमारी झाँक्रीले ६ हजार ४८० मत पाएकी छिन् । विष्ट र झाँक्रीबीचको मतान्तर २ हजार ७८ छ । त्यस्तै झापा ४ मा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई पछि पार्दै एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका हुन् ।
एमालेका लिम्बुले ४ हजार २०४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका रास्वपाका ढकालले ४ हजार १७० मत पाएका छन् ।सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका देउमान थेबेले २ हजार ४६७ मत पाएका छन् ।त्यस्तै कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले कांग्रेसका वीरबहादुर बलायरसँगकाे मतान्तर बढाउन थालेका छन् ।
पछिल्लाे परिणामअनुसार भट्ट १ सय ७७ मतले अगाडि देखिएका छन् । भट्टले ५ हजार २ सय ७७ मत पाएका छन् भने बलायरले ५ हजार १ सय मत पाएका छन् । सुरुवाती अग्रता लिएका बलायर अहिले पछि परेका हुन् । त्यस्तै काभ्रे २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद हुमागाईंले ४ हजार ११५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका गोकुलप्रसाद बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन् ।कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीचको मतान्तर १२६२ छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् ।
Leave A Comment