Latest
img

मकवानपुर–२ : विरोध खतिवडाको जितमा बाधक बन्दै उनकै विद्यार्थी

काठमाडौँ – गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । निर्वाचनको मिति तय भएदेखि नै चर्चामा रहेको मकवानपुरमा मतगणना जारी रहँदा माहोल रोचक भइरहेको छ ।

चासोको विषयले हेरिएको मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार पूर्वस्वास्थ्यमन्त्री समेत रहेका विरोध खतिवडा र निर्वाचनमा पहिलोपटक होमिएका नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाबीच कडा टक्कर भइरहेको छ । बर्तौला तिनै युवा नेता हुन् जसले खतिवडासँग राजनीतिक प्रशिक्षण लिएका छन् ।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतगणनाको २४ घण्टाको अवधिसम्म आइपुग्दा मकवानपुर–२ का मतदातामा कौतुहलता जागेको छ । मतगणनाको प्रारम्भिक समयदेखि नै कहिले नेकपा एमालेका उम्मेदवार बर्तौलाअघि त कहिले गठबन्धनका उम्मेदवार खतिवडा अघि लाग्ने क्रम चलिरहेको छ ।

तसर्थ कसको पल्लाभारी होला भन्ने मतदाताहरूले एकिन गर्न पनि सकेका छैनन् । पछिल्लो मतगणनाअनुसार एमाले उम्मेदवार बर्तौलाले गठबन्धनका खतिवडालाई पछि पारेका छन् । १३ हजार ७ सय ७१ मतगणना हुँदा अग्रतामा रहेका बर्तौलाले ५ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, बर्तौलालाई पछ्याइरहेको नेकपा एकीकृत समाजवादीका खतिवडाले ५ हजार ३ सय २० मत प्राप्त गरेका छन् ।२०७४ अघिका निर्वाचनमा सधैं विजयी भइरहेका खतिवडालाई यसपटक भने निर्वाचित हुँदा आफ्नै विद्यार्थी महेश बर्तौलाले कडा चुनौती दिइरहेका छन् ।

०७४ को प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै दल भएर मत माग्दै हिँडेका उनीहरूबीचको भिडन्त अन्तिमसम्म रोमाञ्चक हुने अनुमान छ । हालसम्मको मतपरिमाणलाई आधार मान्ने हो भने खतिवडाको विजयलाई बर्तौलाले रोक्ने सम्भावना बढेको छ ।

५ पुस २०७७ मा संसद् विघटन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका खतिवडा पुराना नेता हुन् । पार्टी परिवर्तनको चक्करले खतिवडाले पहिलोपटक निर्वाचनमा पराजित हुनसक्ने प्रक्षेपण सुरु भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment