Latest
img

कैलाली ३ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मा रोकिए ।

एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।त्यस्तै त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् ।केसीले ६ हजार ५९८ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत प्राप्त गरेका छन् । उता मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।उता झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई उछिनेका छन् ।पछिल्लो मतगणनाको परिणामअनुसार १७ हजार ७७० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पाँचहजार ९६८ मतसहित पुनः अग्रता कायम गरेका छन् ।

एमालेका लिम्बु पाँचहजार ७३३ मतसहित पछ्याउँदै छन् ।यसैगरी नेपाली कांग्रेसका देउ कुमार थेबेले तीनहदजार ९२३ मत रहेको छ ।त्यस्तै मोरङ– ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सुनील शर्मा एमालेका प्रतिस्पर्धी भानुभक्त ढकालभन्दा दोब्बर मतले अगाडि छन् ।

प्राप्त मत परिणामअनुसार शर्माले ३ हजार १ सय ३२ मत ल्याएका छन् । एमालेका ढाकालले १५ सय ७९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेकी अभिनेत्री रेखा थापालाई ९०५ मत आएको छ । यस क्षेत्रमा कांग्रेसका बागी उम्मेदवारले १५७ मत ल्याएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment