नवलपरासी । नवलपरासी (बर्दघाट सस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिएका छन्। ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गरेका छन
चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन्।यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गरेका छन्। घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि छन भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्। मंगलबार बिहान फेसबुक लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्।
उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे। ‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो।
सक्किसक्यो अब कम्पिटिसन नै छैन।’ उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए। देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ। चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए।
‘अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिलेसम्म १०–१२ हजार भोट मात्र गन्ती भएको छ, यहाँ करिब ५० हजार मत खसेको छ। सकारात्मक भइदिनु होला,’ सागरले भनेका छन्, ‘युवाहरू सबै आउनुपर्छ। धेरैजनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौं।’
ढकालले डडेल्धुराबासीलाई गाली नगर्न पनि आग्रहसमेत गरेका छन्। यसै बीच अहिले डडेल्धुराको पछिल्लो अपडेट सार्बजनिक भएको छ । पछिल्लो अपडेट अनुसार शेरबहादुर देउवाले ९७७३ सागर ढकालले ५१९३ र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)ले २६९४ मत प्राप्त गरेका छन् ।
उता काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् ।केसीले ६ हजार ५९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत प्राप्त गरेका छन् । उता मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।
सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।
उता झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई उछिनेका छन् ।पछिल्लो मतगणनाको परिणामअनुसार १७ हजार ७७० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पाँचहजार ९६८ मतसहित पुनः अग्रता कायम गरेका छन् ।
एमालेका लिम्बु पाँचहजार ७३३ मतसहित पछ्याउँदै छन् ।यसैगरी नेपाली कांग्रेसका देउ कुमार थेबेले तीनहदजार ९२३ मत रहेको छ ।त्यस्तै मोरङ– ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सुनील शर्मा एमालेका प्रतिस्पर्धी भानुभक्त ढकालभन्दा दोब्बर मतले अगाडि छन् ।
प्राप्त मत परिणामअनुसार शर्माले ३ हजार १ सय ३२ मत ल्याएका छन् । एमालेका ढाकालले १५ सय ७९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेकी अभिनेत्री रेखा थापालाई ९०५ मत आएको छ । यस क्षेत्रमा कांग्रेसका बागी उम्मेदवारले १५७ मत ल्याएका छन् ।
Leave A Comment