Latest
img

कतारमा लाइभ गरिरहेकी अर्जेन्टिनी पत्रकारको ‘ह्याण्ड ब्याग’ चोरी

अर्जेन्टिनाले विश्वकपअन्तर्गत साउदी अरेबियाविरूद्धको खेल अप्रत्यासित रूपमा २–१ गोलले गुमाउन पुग्दा अर्जेन्टिनी पत्रकारले आफ्नो सामान गुमाएकी छिन्। विश्वकप प्रतियोगिताको पहिलो दिन लाइभ सो गरिरहेकी डोमिनिकी मेट्जगरको हाते झोला चोरी भएको हो।

उनले आफ्नो झोलामा आधुनिक क्यामेरा भएको जानकारी दिएकी छिन्। पत्रकार मेट्जगरले चोरीको विषयमा कतारी प्रहरीलाई उजुरी गरिसकेको बताइन्। तर, प्रहरीको व्यवहारले आफू चकित परेको उनको भनाई छ। उनले भनिन्, ‘मैले प्रहरी कहाँ चोरीको रिपोर्ट गर्न जाँदा उनीहरूले चोरलाई पक्रेर के सजाय दिने भन्दै मलाई नै सोधे।’

प्रहरीले आफूलाई चोरलाई पाँच वर्षको जेल सजाय दिने कि देश निकाला गर्ने भनेर प्रश्न गरेको भन्दै उनले भनिन्, ‘मलाई अचम्म लागिरहेको छ।’ यता राजनीतिक एवं सामाजिक विषयमा आफ्नो धारणा व्यक्त गरिरहने सेलिब्रेटीमध्येमा पर्छन निर्माता एवं अभिनेता दीपकराज गिरी ।

उनले हरेक समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहेका हुन्छन् । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनामाथि जित निकालेपछि दीपकराजले टिप्पणी गरेका छन् । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपछि

उक्त खेलको जीतलाई गिरीले ‘घण्टी’सँग तुलना गरेका छन् ।नेपालमा भइरहेको चुनावी मतगणनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीले प्राथमिकता पाइरहेको बेला उनले साउदी अरेवियालाई पनि घण्टीको बिम्ब दिएका हुन् । गिरीले फेसबुकमा लेखेका छन्, ‘यो साउदी पनि घन्टी बनेर आयो बा !’

मंसिर ४ मा भएको प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवारले अप्रत्याशित मत ल्याइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment