Latest
img

चितवन २ को नयाँ अपडेट , अहिले ठ्याकै २००० ले अगाडी रबि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ठिक २००० ले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६८३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४८३८ मत ल्याएका छन्।

यसैगर‍ी नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४४२१ मतसहित तेस्रो स्थानमा छन्। अहिले सम्म १७१८७ मत गनिएको छ । यता कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो ।

राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन । काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय मतपत्रगणना भयो । सूर्य–१०९, हसिंँया हथौडा ८१, हलो ७८ र घण्टी १६९…..।’ सोमबारदेखि मंगलबारसम्म पनि यही रुझान अविचल छ ।

मत परिणाम सार्वजनिक हुँदा चर्को स्वरमा ‘हुटिङ’ हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, नेता÷कार्यकर्ताहरु ‘अब घण्टीको जित निश्चित’ भन्दै उत्साहित हुन्छन् । पहिलो मत परिणामलाई आधार मान्न तयार नभएका स्थापित दलका नेता/कार्यकर्ताहरु ६५ प्रतिशत मत गनिसक्दा अब भने निराश हुन थालेका छन् ।

सोमबार दिउँसोको सुरुवाती गणनादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निरन्तर अगाडि छन् । एक पटक पनि कसैले उनलाई उछिन्न सकेको छैन । बरु सोविता विस्तारै मतान्तर फराकिलो बनाउँदै अगाडि बढेकी छन् ।त्यस्तै उता प्रतिनिधि सभाअन्तर्गत कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईको अग्रता सुरु भएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेकाेमा पछिल्लो विवरणअनुसार एमालेकी भट्टराईले अग्रता लिएकी हुन। एमालेकी भट्टराईले ५ हजार ५ सय ८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९४ मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ हजार ९ सय ५४ मत प्राप्त गरेका छन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment