Latest
img

झन् बढ्यो रविको स्पिड , २,८४१ मतले अगाडि

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका छन् ।उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेल ४,९५६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४,६०७ मत ल्याएका छन् ।रवि दोस्रो स्थानका पोखरेलभन्दा २,८४१ मतले अगाडि छन् ।‍उता चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा जुलुस निकालिएको छ । जारी मत गणनामा दुईहजार मतको अग्रता लिएका रविको पक्षमा उनका समर्थकले जुलुस निकालेका हुन् ।

उनीहरूले ‘हिम्मत गर रवि दाइ, जनता तिम्रो साथमा छ’, ‘सिंगो नेपाल के भन्छ– रवि दाइलाई ले भन्छ’, ‘रवि दाइ, हाई हाई,’ नारा लगाएका छन् ।यता कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ ।तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन ।

भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो ।राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन ।काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय मतपत्रगणना भयो ।

सूर्य–१०९, हसिंँया हथौडा ८१, हलो ७८ र घण्टी १६९…..।’ सोमबारदेखि मंगलबारसम्म पनि यही रुझान अविचल छ ।मत परिणाम सार्वजनिक हुँदा चर्को स्वरमा ‘हुटिङ’ हुन्छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, नेता÷कार्यकर्ताहरु ‘अब घण्टीको जित निश्चित’ भन्दै उत्साहित हुन्छन् ।

पहिलो मत परिणामलाई आधार मान्न तयार नभएका स्थापित दलका नेता/कार्यकर्ताहरु ६५ प्रतिशत मत गनिसक्दा अब भने निराश हुन थालेका छन् ।सोमबार दिउँसोको सुरुवाती गणनादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निरन्तर अगाडि छन् ।

एक पटक पनि कसैले उनलाई उछिन्न सकेको छैन । बरु सोविता विस्तारै मतान्तर फराकिलो बनाउँदै अगाडि बढेकी छन् ।उता काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका छन् । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए ।

१०१ मतान्तरले रेशम निर्वाचित भएका हुन् ।३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (२) मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।उता नवलपरासीको बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले अग्रता कायमै राखेका छन्।

ठकुरीले ७ हजार ३ सय ९१ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पछ्याइरहेका छन्। चौधरीले ६ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। दुई बीच मतान्तर ५ सय १ छ। त्यस्तै जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।

चौधरी पहिलोपटक प्रत्यक्ष तर्फ निर्वाचन लड्न नवलपरासी पश्चिम पुगेका हुन्। त्रिपाठीले विगतमा पाँच पटक निर्वाचन जितिसकेका छन्। त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्। उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पारिरहेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment