Latest
img

एमालेका अम्बिरबाबु गुरुङलाई हराउदै ओखलढुंगा प्रदेशसभा १ मा काँग्रेसका प्रदिप सुनुवार बिजयी

ओखलढुंगाको प्रदेशसभा १ मा नेपाली काँग्रेसका प्रदिप सुनुवार बिजयी भएका छन् ।उनले नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३६१ मतले हराउदै जित हासिल गरेका हुन् ।उता सप्तरी क्षेत्र नम्वर २ को मतगणना विवादमा परेको छ। जनमत पार्टीका अध्यक्ष डा सीके राउत चुनाव जित्ने भएपछि जसपाका कार्यकर्ता विवाद खडा गरेका हुन्।

अध्यक्ष उपेन्द्र यादव चुनाव हार्ने निश्चित भएपछि जसपाका एक कार्यकर्ताले मतपेटिकाको सिल भेरिफिकेशन गर्नुपर्ने माग राख्दै मतगणना स्थगित गर्न माग गरेका हुन्। ती कार्यकर्ताले निर्वाचन अधिकृतलाई निवेदनसमेत दिएका छन्। अहिले निर्वाचन अधिकृतको कार्यालय अगाडि अर्थात् मतगणनास्थलमा जसपाका कार्यकर्ताहरू धर्नासमेत बसेका छन्।

उता कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता कायम गरेकी छन् । उनले १ हजार ४ सय ३६ मतको अग्रता कायम गरेकी हुन् ।पछिल्लो मत परिणाम अनुसार भट्टराई ६ हजार ९ सय ३० ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् ।कँडेलले ५ हजार ४ सय ९४ मत पाएका हुन् ।

तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनको ३ हजार ८ सय १५ मत छ ।उता काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।उनले नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत मन्दिरा शाहीले मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेको बताइन् ।यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई बधाई दिएका छन् ।काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा थापालाई शर्माले बधाई दिएका हुन् ।

प्रभावकारी कार्य सम्पादनका लागि हृदयदेखि नै शुभकामना भन्दै शर्माले थापालाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।साथै उनले थापालाई आफुले संसदीय दलको नेता हुँदै देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने समेत खुलाएका छन् ।त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका छन् ।नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए ।१०१ मतान्तरले रेशम निर्वाचित भएका हुन् ।३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (२) मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो ।

३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।उता नवलपरासीको बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले अग्रता कायमै राखेका छन्।ठकुरीले ७ हजार ३ सय ९१ मत प्राप्त गरेका छन्।उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पछ्याइरहेका छन्।

चौधरीले ६ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। दुई बीच मतान्तर ५ सय १ छ।त्यस्तै जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्। चौधरी पहिलोपटक प्रत्यक्ष तर्फ निर्वाचन लड्न नवलपरासी पश्चिम पुगेका हुन्। त्रिपाठीले विगतमा पाँच पटक निर्वाचन जितिसकेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment