Latest
img

काभ्रे–२मा गोकुल बास्कोटा ६ सय १९ मतले अगाडि

काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटाले ६ सय १९ मतले अग्रता लिएका छन्। यसअघि नेपाली कांग्रेसका शिव हुमागाईंलाई बास्कोटाले पछ्याइरहेका थिए। बास्कोटाले १३ हजार ७ सय २८ मत ल्याएका छन् भने हुमागईंले १३ हजार १ सय ९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५ हजार १४ मत ल्याएर तेस्रो स्थानमा छन्। उता कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिन्दै नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका हुन्।

सुरुवातदेखि नै यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रानाले अग्रता लिइरहेका थिए। पछिल्लो सार्वजनिक मत परिणाम अनुसार पन्तले एक सय १५ मत रानालाई पछि पारेका हुन्। ११ हजार दुई ४२ मत गणना हुँदा पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गरेका छन् भने रानाले तीन हजार सात सय ७६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार पूर्व सांसद पुष्करनाथ ओझा एक हजार ६ सय ८९ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इश्वरी विष्टले भने पाँच सय २८ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले भने पाँच सय ४३ मत प्राप्त गरेका छन्।

उता गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम राखेका छन्। गुल्मी २ मा एमाले उम्मेदवार विष्ट २६ हजार २१६ मतसहित अगाडि छन्। विष्टकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले २४ हजार २९१ मत ल्याएकी छन्।

विष्ट र झाँक्रीबीच १ हजार ९२५ मतको अन्तर छ। यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा गुल्मी २ बाट एमालेका विष्ट विजयी भएका थिए। त्यस्तै नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले मतान्तर घटाएका छन्। ताप्लेजुङबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भट्टराई ९२ मतले मात्र पछि छन्।

पछिल्लो मत गणना अनुसार योगेश माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीभन्दा ९२ मतले पछि परेका हुन्।३८ हजार ५ सय ९८ मत गणना हुँदा बुढाक्षेत्रीले १७ हजार ७ सय १२ मत प्राप्त गरेका छन् भने योगेशले १७ हजार ६ सय २२ मत ल्याएर पछ्याइरहेका छन्।

उता सुर्खेत–१मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता लिएका छन्। मंगलबार राति १२ बजेबाट सुरु भएको मतगणनाको पहिलो अपडेटअनुसार ३ हजार २ सय ३८ मत गनिएको छ। खड्काले १ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले १ हजार ३ सय ५५ मत प्राप्त गरेका छन्।

राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले २ हजार २ मत प्राप्त गरेका छन् भने एमालेका डम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (२)बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि छन्। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले १ हजार १ सय ७८ मत प्राप्त गरेका छन् भने एमालेका डण्डीप्रसाद शर्माले ९ सय २९ मत प्राप्त गरेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment