काठमाडौं- काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् ।उनले १५ हजार २२९ प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत पाए ।यस्तै राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत पाइन् ।
गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ ओनसरी घतीले ९ हजार ४४८ मत पाइन् ।काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले विजय र्याली नगर्ने बताएकी छन् ।विजयी भएसँगै उनले सर्वसाधरणलाई असहज हुनेगरी विजय र्याली नगर्ने बताएकी हुन् ।
उनले बिहान ८ बजे एकैछिनका लागि निर्वाचन कार्यलय, थलीमा जम्मा हुने र चौतारीमा बसेर गफ गर्ने बताइन्। उनले भनेकी छन्,‘सबैजनालई सादर अनुरोध छ, आम सर्वसाधरणलाई असहज हुनेगरी हामी ठूलो तडकभडक गर्ने छैनौं, मोटोरसाइकल र्याली गर्ने, हर्न बजाउने आदि कृत्य गर्नेछैनौं ।
अधिक संयमका साथ हामी हाम्रो निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुनेछौं र सबैजनालाई धन्यवाद दिनेछौं । प्रतिस्पर्धी साथीहरु तथा फरक मत राख्ने मतदाताको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य दिनेछैनौं । ’काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले क्षेत्र नम्बर २ का मतदाता चेतनशील रहेको बताइन् ।
क्षेत्र नम्बर २ बाट निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूलाई जित दिलाउने मतदाताहरु चेतनशील भएको बताइन् । उनले यो क्षेत्र राष्ट्रपतिदेखि प्रधानमन्त्री सम्म पाइसकेकाले अब फेरि केही पाउने बताइन् ।उनले सञ्चारकर्मीसँग भनिन्,‘हामीले घोषणापत्र बमोजिम गर्नेछौं ।
यो यस्तो ऐतिहासिक क्षेत्र हो ।जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ ।प्रधानमन्त्री पनि हुनुभएको छ । यहाँ जो बोलिरहनुभएको (आफैलाई देखाउँदै) उहाँ पनि ऐतिहासिक हुनेछ । यो क्षेत्रले गर्व गर्नेछ कि हामीले यस्तो सासंद निर्वाचित गरेर पठायौं । यहाँको मतदातालाई गुनासो गर्न दिने छैनौं ।’
गौतमले संसदमा आफनो पाटी कहिले पनि नचुक्ने बताइन् ।साथै काठमाडौं भनेर चिनिने विकट क्षेत्रमा पनि काम अगाडि बढाउनु पर्ने बताइन् । ‘बजेट भनेको शहरलाई मात्र चाहिने होइन जहाँ आवश्यकता छ त्यहाँ चाहिने हो । ’उनले भनिन् ।सरकारमा जाने नजाने विषयमा स्पष्ट जवाफ दिन नसक्ने बताइन् ।
Leave A Comment