Latest
img

मन्त्री पम्फा भुसाललाई पराजित गर्दै ललितपुर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् । उनले निकटतम् प्रतिस्पर्धीलाई १८ हजारभन्दा बढी मतले हराएकी हुन् । कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए । त्यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत ल्याइन् ।योसँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ मा सोबिता गौतम, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उता रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को २ मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन् ।जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए ।निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको साथै त्यसमा पनि प्रदेशको मत हुनसक्ने भएकोले खाँलाई विजयी घोषणा गरिएको छैन ।

त्यस्तै तनहुँ २ मा कांग्रेसले २८ वर्षपछि जित निकालेको छ । २०७० सम्म तनहुँ ३ रहेको यस क्षेत्रमा २०५१ यता निरन्तर जित्दै आएको थियो । यसपटक कांग्रेसका शंकर भण्डारीले एमालेको विजयी यात्रामा ब्रेक लगाएका छन् । शंकरले एमालेको एमालेका किरण गुरुङलाई पराजित गरेका छन् ।

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङ २५ हजार १३० मा रोकिए । अघिल्लो पटक शंकर एमालेका केदार सिग्देलसँग पराजित भएका थिए ।यहाँ २०५१ मा कांग्रेसका अमरराज कैनीले एमालेका टुकराज सिग्देललाई हराएका थिए ।२०४८ एमालेका किरण गुरुङले कांग्रेसका पदम आलेलाई १६ सय ६२ मतको अन्तरमा हराएका थिए ।

उता निवर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल प्रदेशसभा निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेबाट तनहुँ २ (२) मा उठेका सिग्देललाई कांग्रेसका जीतप्रकाश आलेले हार चखाएका हुन् ।नेपाली कांग्रेसका आलेले ६४० मतान्तरसहित सिग्देललाई हराएका हुन् ।

आलेले १३ हजार ८६० मत प्राप्त सिग्देलले १३ हजार २२० मत पाए । आले नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुन् ।योसँगै नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा हालसम्म ९ सिट जितिसकेको छ ।उता नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गोरखा प्रदेश सभा निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित भएका छन् ।

कांग्रेसबाट भावी मुख्यमन्त्रीका रुपमा हेरिएका पाण्डेले करिब ११ हजार ५ सय मतान्तरले चुनाव जितेका हुन् ।पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ३ सय ६० मतमात्र ल्याउन सके । यहाँ जम्मा २७ हजार ३२७ सदर मत खसेको थियो ।

पाण्डे कांग्रेसबाट राष्ट्रिय सभा सदस्य भइसकेका नेता हुन् । राष्ट्रिय सभामा हुँदा उनी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता थिए । अहिले उनी मुख्यमन्त्री हुने दाउ सहित प्रदेश ओर्लेका हुन् ।त्यस्तै बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाल जीत नजिक पुगेका छन् ।

जारी मतगणना अन्तिम चरणमा पुग्दा अग्रवालले ८२४६ मत पाएका छन् ।उनले कांग्रेसका सुरेन्द्रबहादुर हमाल र एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । गुरुङले ६७०९ र हमालले ६२४७ मत पाएका छन् ।अग्रवाल माओवादीबाट टिकट नपाएपछि जसपामा प्रवेश गरेर टिकट लिएका थिए ।

उता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ साल देखी निरन्तर जित्दै आएका देउवा अहिले पनि अपराजित रहे ।मतगणना अनुसार २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन्

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment