Latest
img

नेपाली र अमेरिकी सेनाबीच एक महिना सैन्य अभ्यास

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो ।

दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन् ।

उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ ।

सैन्य अभ्यासका लागि अमेरिकी सेना मंगलबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment