Latest
img

गुल्मी-२ मा चुनाव जितेका गोकर्णलाई रामकुमारीले दिइन् बधाई

गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी भएका छन् । प्राप्त अन्तिम मत अनुसार नेता गोकर्ण विष्टले २८,४७६ मत पाएका छन् भने रामकुमारी झाँक्रीले २६,४४२ पाएकी छन् । विष्टसँग सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा थिइन् ।

५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी भएका थिए ।गुल्मी क्षेत्र नम्बर २ मा चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई नेकपा एकीकृत समाजवादीबाट सोही क्षेत्रमा उम्मेदवार रहेर पराजित भएकी रामकुमारी झाक्रीले बधाई दिएकी छन्।

‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना,’ उनले भनेकी छन्, ‘गुल्मीको समग्र विकास र समृद्धि यात्रामा म सधैं साथमा रहनेछु।’उनले निर्वाचन आफ्ना लागि रोमान्चक रहेको पनि बताएकी छन्।

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डर लाग्दो छ।’

उनले जय र पराजय सामान्य प्रक्रिया भएको र अत्यन्तै सहज रूपमा लिएको बताएकी छन्। ‘मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैं ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू।

गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ताहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, स्वयम सेवक र पत्रकार, समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यबाद दिन चाहान्छु।’यहाँ एमाले उम्मेदवार गोकर्णले २८ हजार ४ सय ७६ मत ल्याएर चुनाव जितेका छन् भने झाक्रीले २६ हजार ४ सय ४२ मात्रै ल्याएकी छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment