Latest
img

बाबुराम पुत्री मानुषीलाई हराउदै काठमाडौं ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली बिजयी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन्। उनी ८७४३ मत ल्याएर निर्वाचित भएका हुन्। पराजुलीले निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेभन्दा भन्दा झण्डै दुई हजार मतान्तर कायम गरे। घिमिरेले ६ हजार ८०० मत ल्याएका हुन्।

गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत प्राप्त गरिन्। काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।

दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पर्यो ।क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी भएका छन् ।

यसैगरी प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी भएका छन् ।काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् ।

एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।त्यसैगरी काठमाडौं ८ को प्रदेशसभा ‘ख’ मा राप्रपाका उद्धव थापा विजयी भएका छन् ।उता गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी भएका छन् ।

प्राप्त अन्तिम मत अनुसार नेता गोकर्ण विष्टले २८,४७६ मत पाएका छन् भने रामकुमारी झाँक्रीले २६,४४२ पाएकी छन् । विष्टसँग सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा थिइन् ।५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् ।

५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी भएका थिए ।गुल्मी क्षेत्र नम्बर २ मा चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई नेकपा एकीकृत समाजवादीबाट सोही क्षेत्रमा उम्मेदवार रहेर पराजित भएकी रामकुमारी झाक्रीले बधाई दिएकी छन्।

‘यो निर्वाचनमा विजयी मेरो आदारणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना,’ उनले भनेकी छन्, ‘गुल्मीको समग्र विकास र समृद्धि यात्रामा म सधैं साथमा रहनेछु।’उनले निर्वाचन आफ्ना लागि रोमान्चक रहेको पनि बताएकी छन्।

‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डर लाग्दो छ।’

उनले जय र पराजय सामान्य प्रक्रिया भएको र अत्यन्तै सहज रूपमा लिएको बताएकी छन्। ‘मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैं ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू।

गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ताहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू, स्वयम सेवक र पत्रकार, समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यबाद दिन चाहान्छु।’यहाँ एमाले उम्मेदवार गोकर्णले २८ हजार ४ सय ७६ मत ल्याएर चुनाव जितेका छन् भने झाक्रीले २६ हजार ४ सय ४२ मात्रै ल्याएकी छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment