राप्ती । राप्ती ३ का कुमार आचार्य चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार हुन्। मतपेटिका ल्याईदेखी उनी गणनास्थलमा निरन्तर रुपमा छन्। मंसिर ४ गतेदेखी आचार्य एक दिन घर गएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आचार्यको मत झिनो छ।
बुधवार सम्म उनको पक्षमा ३७ मत मात्रै छ। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा छ। त्यस पछि नेपाली कांग्रेस र नेकपा एमाले छ। आचार्य भन्दा बढि मत पाउने अन्य धेरै उम्मेदवारहरु पनि छन्। आचार्यले निर्वाचन जित्ने कुनै संभावना देखिदैन्। तर पनि उनी निरन्तर मतगणनास्थलमा छन्।
मत गणना गरेको ठाउँमा उनी गएका छैनन्। एक जना एजेन्टका रुपमा गणनास्थलमा सहभागी छन्। दिउँसो उनी गणना भएको खैरहनी माध्यमिक विद्यालयको चौरमा बस्छन् भने राती सोही विद्यालयको एक कोठाको भुंईमा सुत्ने गरेका छन्। घरबाट ल्याएको सातु र तरकारी खाएर बस्ने गरेका छन्।
गणना सुरु भएदेखी यहीं छु, आचार्य भन्छन्, – जित्ने आश त छैन्, कति मत आउँछ भन्ने चासो मात्र हो। आफुले अहिले सम्म पाएको मत वुद्धिजिवीहरुले दिएको उनको बुझाई छ। आचार्यले राजनितिमा देखिएको विकृती अन्त्य गर्ने, खानेकुरा, वातावरण स्वच्छ राख्ने एजेण्डा लिएर निर्वाचनमा होमिएको थिए।
निर्वाचनको प्रचारशैली पनि उनको छुट्टै थियो। प्रचारमा उनी एक्लो थिए। हाते माईक लिएर आचार्य ठाउँ ठाउँमा पुगेर आफ्नो एजेण्डा राख्ने गर्थे। किसानी पेशा रहेको उनको राजनितिक पृष्ठभूमि कम्युनिष्ट हो। २०४० सालदेखी एमालेमा सकृय भएका उनी २०५६ सालमा पनि उम्मेदवार वन्न खोजेका थिए।
तर पार्टीले विश्वास नगरेको उनले सुनाए। यो क्षेत्रमा स्वतन्त्र पार्टीबाट अग्रता लिएको सम्वन्धमा आचार्यले पुराना नेताहरु आफ्नो स्वार्थमा लाग्दाको परिणाम रहेको बताए। पुराना नेता जनताको हित भन्दा आफ्नो स्वार्थमा लागे, आचार्यले भने – गलत राजनितिक व्यवहारको असर यो निर्वाचनमा देखियो।
उनी जस्तै क्षेत्रमा प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कतिपय उम्मेदवाहरु मतगणना स्थलमा कहिले काँही मात्र आउने गरेका छन्। स्वतन्त्र उम्मेदवारहरु धेरैले तेहोरो अंक छुन सकेका छैनन्। यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पाटी अग्रस्थानमा छ भने नेकपा एमाले र नेपाली काग्रेश दोश्रो तेश्रो हुदै अघि बढिरहेका छन्।
Leave A Comment