Latest
img

रेशम चौधरीका पिता लालवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएाक छन्। उनी २६ हजार ५२० मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन्। यस्तै एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत ल्याउँदा राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरेका छन्।

निर्वाचित चौधरी टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्। सुरूमा यो क्षेत्रमा रेशम चौधरीले नै उम्मेदवारी दिएका थिए। आफ्नो उम्मेदवारी खारेज हुन सक्ने ठानेर उनले बुवालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए।

उता चितवन २ को ताजा अपडेट प्राप्त भएको छ । प्राप्त नयाँ अपडेट अनुसार रबि लामिछानेले २२०६४ मत पाएका छन भने एमालेका कृष्णभक्त पोखरेलले १००४५ र नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले १००५९ प्राप्त गरेका छन् । रबि अहिले झन्डै १२०१९ मतका साथ अग्रस्थानमा छन् ।

उता त्यस्तै प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत ओखलढुंगा निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीप कुमार सुनुवार विजयी भएका छन् ।विजयी भएका सुनुवार १४ हजार ९ सय १६ मतका साथ विजयी भएका हुन् ।सुनुवारका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्विरबाबु गुरुङले १४ हजार ५ सय ५६ मत पाए ।

त्यस्तै यस क्षेत्रमा जनता समाजवादी पार्टीका खेमराज खड्काले १ हजार ८०, नेशनल मंगोल अर्गनाइजेशनका लाक्पा शेर्पा १०८ र नेपाल मजदुर किसान पार्टीका नवराज खत्रीले ६६ मत पाएका छन् । त्यस्तै प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत ओखलढुंगा निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम फराकिलो मतान्तर सहित विजयी भएका छन् ।

गौतमले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिवी खड्कालाइ १ हजार ९६ मतले पछि पार्दै विजयी भएका हुन् ।गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी बनेका माओवादी केन्द्रका गौतमले १५ हजार ७ सय ३८ मत पाएका छन् । गौतमका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञान बहादुर खड्का (जिवी)ले १४ हजार ६ सय ४२ मत पाए ।

त्यस्तै त्यहाँ जनता समाजवादी पार्टी नेपालका शान्त बहादुर विकले ५६८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोखरेलले ४०७ मत, नेशनल मंगोल अर्गनाइजेशनका बुद्धिमान राइले ६५७ मत, हाम्रो नेपाली पार्टीका हिरा बहादुर कटवालले १२२ मत र स्वतन्त्र उमेदवार टंकनाथ अधिकारीले ११२ मत प्राप्त गरेका छन् ।

उता गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी भएका छन् । प्राप्त अन्तिम मत अनुसार नेता गोकर्ण विष्टले २८,४७६ मत पाएका छन् भने रामकुमारी झाँक्रीले २६,४४२ पाएकी छन् । विष्टसँग सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा थिइन् ।

५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी भएका थिए ।त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्। त्यसतै उता रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को २ मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् ।

कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन् ।जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए ।

निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको साथै त्यसमा पनि प्रदेशको मत हुनसक्ने भएकोले खाँलाई विजयी घोषणा गरिएको छैन ।त्यस्तै तनहुँ २ मा कांग्रेसले २८ वर्षपछि जित निकालेको छ । २०७० सम्म तनहुँ ३ रहेको यस क्षेत्रमा २०५१ यता निरन्तर जित्दै आएको थियो ।

यसपटक कांग्रेसका शंकर भण्डारीले एमालेको विजयी यात्रामा ब्रेक लगाएका छन् । शंकरले एमालेको एमालेका किरण गुरुङलाई पराजित गरेका छन् ।भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङ २५ हजार १३० मा रोकिए । अघिल्लो पटक शंकर एमालेका केदार सिग्देलसँग पराजित भएका थिए ।

यहाँ २०५१ मा कांग्रेसका अमरराज कैनीले एमालेका टुकराज सिग्देललाई हराएका थिए ।२०४८ एमालेका किरण गुरुङले कांग्रेसका पदम आलेलाई १६ सय ६२ मतको अन्तरमा हराएका थिए ।उता निवर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल प्रदेशसभा निर्वाचनमा पराजित भएका छन् ।

नेकपा एमालेबाट तनहुँ २ (२) मा उठेका सिग्देललाई कांग्रेसका जीतप्रकाश आलेले हार चखाएका हुन् ।नेपाली कांग्रेसका आलेले ६४० मतान्तरसहित सिग्देललाई हराएका हुन् ।आलेले १३ हजार ८६० मत प्राप्त सिग्देलले १३ हजार २२० मत पाए । आले नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

योसँगै नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा हालसम्म ९ सिट जितिसकेको छ ।उता नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गोरखा प्रदेश सभा निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित भएका छन् ।कांग्रेसबाट भावी मुख्यमन्त्रीका रुपमा हेरिएका पाण्डेले करिब ११ हजार ५ सय मतान्तरले चुनाव जितेका हुन् ।

पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ३ सय ६० मतमात्र ल्याउन सके । यहाँ जम्मा २७ हजार ३२७ सदर मत खसेको थियो ।पाण्डे कांग्रेसबाट राष्ट्रिय सभा सदस्य भइसकेका नेता हुन् । राष्ट्रिय सभामा हुँदा उनी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता थिए ।

अहिले उनी मुख्यमन्त्री हुने दाउ सहित प्रदेश ओर्लेका हुन् ।त्यस्तै बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाल जीत नजिक पुगेका छन् ।जारी मतगणना अन्तिम चरणमा पुग्दा अग्रवालले ८२४६ मत पाएका छन् ।

उनले कांग्रेसका सुरेन्द्रबहादुर हमाल र एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । गुरुङले ६७०९ र हमालले ६२४७ मत पाएका छन् ।अग्रवाल माओवादीबाट टिकट नपाएपछि जसपामा प्रवेश गरेर टिकट लिएका थिए ।उता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् ।

२०४८ साल देखी निरन्तर जित्दै आएका देउवा अहिले पनि अपराजित रहे ।मतगणना अनुसार २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन्

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment