रामेछापको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रमेश कुमार वस्नेतले ४६६ मत प्राप्त गरेपछि पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । एकीकृत समाजवादी रामेछापका पार्टी अध्यक्ष समेत रहेका वस्नेतले आफ्नो पार्टीलाई जनताले अस्वीकार गरेको भन्दै राजिनामा दिएका हुन् ।
भावुक पत्र लेख्दै उनले आजबाट पार्टीको साधारण सदस्य समेत नरहेको गरी राजीनामा दिएको बताएका छन् ।केही समय अघि आफ्नो फेसबुकमा स्टाटस लेख्दै वस्नेतले भनेका छन–आज मैले अख्तियार गरेको राजनैतिक दलको जनताले अविश्वास गरेको प्रस्ट भयो,
मेरो नेतृत्वमा रहेको एकीकृत समाजबादी पार्टी जनताबाट पूर्ण रूपमा अस्वीकार्य भएको र हाम्रा सदस्यहरु आम् जनताबाट पुर्ण रूपमा बिस्थापित भएको र मैले नेतृत्व गरेको पार्टी असफल भएको प्रमाणित भएकोलेआजैका मितिदेखि राजीनामा दिएर नगरिक जीवन बिताउन चाहेको जानकारी गराउदछु, मैले बिगत ४५ बर्षदेखि जानी नजानी गरेका भुलहरुप्रति क्षमा चाहन्छु ।’
यस्तो छ उनको पत्र -आदरणीय रामेछाप निबासी आमाबुबा दाजुभाइ दिदिबहिनी हरु, पार्टी का नेता सुभेक्षुक साथिहरु सुभकामना राखनु हुने सुभेक्षुक हरु सद्भाव राखनु हुनेसबै प्रती म रमेश कुमार बस्नेतको तर्फबाट अभिबादन मेरो राज् नैतिक जीवन कोबितेका ४५ बर्समा मेरो बुताले भ्यायसम्म जनता र देश को सेबा गरेको थिय।
आज मैले अकत्तियार गरेको राज् नैतिक दल कोजनताले अबिस्वास गरेको प्रस्ट भयो, मेरो नेतृत्व मा रहेको एकीकृत समाजबादी पार्टी जनताबाट पुर्ण रूपमा अस्वीकार्य भयको र हाम्रा सदस्य हरु आम् जनताबाट पुर्ण रूपमा बिस्थापित भयको र मैले नेतृत्व गरेको पार्टी असफल भयको प्रमाणित भयकोले आजैका मिति देखि राजिनामा दियर नगरिक जीवन बिताउन चाहेको जानकारी गराउदछु!
मैलेबिगत ४५ बर्स देखि जानी नजानी गरेका भुलहरु प्रती क्षमा चाहन्छु । आफ्नो राजनैतिक जिबनमा नजानेर भयका कमिकमजोरी प्रती आत्मा आलोचित रहने छु । बितेका यी बर्सहरुमा मलाइ सहयोगर्नु हुने सुभेक्षा राखनुहुने सबै प्रती आभार प्रकट गर्दछु ! मेरो कारण कै औ साथिहरुको भबिस्य अफ्टेरो मा परेको छ उहाहरु प्रती सधै रिणि रहने छु र जिबनको आन्तिम घडीसम्म सहयोगी रहने छु !
मैले नेतृत्व गरेको पार्टी प्रती सधै रिणि रहनेछु, पार्टी मा रहेर अर्कैको लागि काम गर्ने मित्रहरु प्रती पनि सम्मान गर्न चाहन्छु राजनिती एक पटक मात्र होइन जीवन को अन्तिम सास रहुन्जेल निरन्तर चलिरहने प्रक्रिया हो, मैले भोगेको अबस्था अरुले भोग्नु नपरोस यहि सुभकामना ! मेरो जीवन मा मेरो कारणकुनै कमि कमजोरी भयकोभय क्षमा सहित सबैलाइ धन्नेबाद ।
Leave A Comment