Latest
img

अष्ट्रेलियामा नेपाली विद्यार्थीले आफूले चाहेजस्तो काम किन पाउँदैनन ? यस्तो छ कारण

अष्ट्रेलिया -अष्ट्रेलियामा डिग्री वा अध्ययन सकिसकेपछि छुट्टै उत्साहको सञ्चार हुन्छ । त्यसपछि पूरै समय काममा लाग्न पाउँनुको मज्जा वेग्लै हुन्छ । तर पढाइ सकिसकेपछि पनि राम्रो र खोजे जस्तो काम नपाएर धेरै विद्यार्थीहरु निराश भैरहेको अवस्था पनि छ ।

विशेष गरेर नेपाल,भारत जस्ता वहुसांस्कृतिक मुलुकबाट आएका विद्यार्थीहरु अझ बढी यस्तो समस्यामा पर्ने गरेको स्वयम् विद्यार्थीहरु नै गुनासो गर्दछन् ।विज्ञहरुको विचारमा आधारित रहेर अन्तराष्ट्रिय विद्यार्थीहरुलाई काम पाउन कठिन हुनुका ५ कारणहरुबारे यहाँ चर्चा गर्दैछौं ।

अष्ट्रेलियामा काम पाउन पहिलो आधारभूत योग्यता भनेकै अँग्रेजी भाषा हो । त्यसैले विज्ञहरु भन्छन्–तपाईले काम खोज्न जाँदा तपाईले आइएलटिएसमा पाउनुभएको स्कोरबारे खुलस्त उल्लेख गर्नुहोस् ।यसले तपाईको आवेदन स्वीकृत हुने समभावना बढी रहन्छ ।यदि तपाईलाई आफ्नो अँग्रेजी भाषाप्रतिको दक्षतामाथि आत्मविश्वास छैन भने पनि नआत्तिनुहोला ।

किन विभिन्न पुस्तकहरु पढेर,नेटमा खोजेर वा घरमा अभ्यास गरेर त्यसलाई बढाउन सकिन्छ ।यदि तपाईसँग पहिले काम गरेको अनुभव छैन वा थोरै छ भने पनि तपाईले काम पाउन सक्ने सम्भावना न्यून रहन्छ । यस्तै कुनै कामप्रति दक्षता नहुनेलाई पनि कठिन हुन्छ ।

त्यसैले यस्ता व्यक्तिहरुले सम्बन्धित समुदाय लक्षित कामहरु गर्नु उपर्युक्त हुन्छ । यस्ता व्यक्तिहरु अँग्रेजी भाषा नचाहिने कर्नर स्टोर,फाष्टफुड चेन र लोकल कम्युनिटी विजनेश जस्ता कामहरुका लागि मात्र योग्य हुन्छन् ।करियर एक्सपर्टहरुको सुझाव छ –अष्ट्रेलियामा पहिलेदेखि अर्थात लामो समयदेखि बस्दै आएका व्यक्तिहरुसँग कामको बारेमा सल्लाह र परामर्श लिनु बुद्धिमानी हुन्छ ।

किनभने उनीहरुलाई अष्ट्रेलियाको सबै सिस्टमबारे ज्ञान हुन्छ । जस्तै कहाँ कस्तो काम पाइन्छ ? त्यहाँको नियम के छ ? भन्नेबारे उनीहरुलाई पूर्ण जानकारी हुन्छ । त्यसैले साथीभाइ र आफन्तहरका अनुभव र सुझाव निकै फलदायी हुनसक्छ ।अर्को कुरा शुरुमा भोलेन्टियर काम गरेर पनि कामको अनुभव र सम्बन्ध विकास गर्न सकिन्छ ।

अष्ट्रेलियामा नयाँ आउनेहरुले सबैभन्दा बढी अनुभव गर्ने कुरा नै यही हो । यहाँ कसैसँग सम्पर्क नहुँदा अथवा चिनेजानेकाहरु नहुँदा निकै कष्ट भोग्नुपरेको अनुभव धेरैसँग होला । यस्तै जसको साथीभाइ,आफन्त वा इष्टमित्रहरु धेरै छन् उनीहरुले नै काम पनि छिटो पाउँछन् ।

किनभने उनीहरुलाई खबर गर्ने र चासो,चिन्ता गर्ने धेरै हुन्छन् । यस्तो अवस्थामा एउटा न एउटाले त कामको बारेमा जानकारी उपलब्ध गराइहाल्छ । त्यसैले अष्ट्रेलियामा आएपछि एकलकाँटे वा अन्तर्मूखी बानी छोडेर सकेजति धेरै जनाको सम्पर्कमा बस्नु बढी फाइदाजनक हुन्छ ।

सुन्दा वा पढ्दा अचम्म लाग्छ कि अष्ट्रेलियामा पनि भेदभावपूर्ण व्यवहार हुन्छ । तर सत्य यही हो धेरै भुक्तभोगीहरु यसै भन्छन् । अष्ट्रेलियामा विशेष गरेर रंग,वर्ण र अनुभवको आधारमा भेदभाव हुने गरेको छ । कतिसम्म भने तपाईको नामले पनि धेरै फरक पार्दछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment