Latest
img

रबि प्रति ओलीको टिप्पणी : हाहाहुहुमा देश चल्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको बताएका छन् ।धमाधम चुनावी मतपरिणाम आइरहेको बेला बिहीबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यो निर्वाचनमा स्वतन्त्र पार्टीको उदय भएको नभई यो मतपरिणाम आउनु सामान्य कुरा भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘त्यो ठूलो कुरा होइन, मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गलत बाटोतिर लैजाँदै हुनुहुन्छ,’ उनले थपे, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन।

हाहाहुहुमा त देश चल्दैन। हा हुमा देश लैजाने कुरा नेपालको हितमा छैन।’ चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति व्यक्त गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे ओलीले यो मामुली कुरा भएको बताए ।

निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि जनताको स्वागत ग्रहण गर्दै अध्यक्ष ओलीले निर्वाचन उत्सव भएकाले यसलाई रमाइलोको रुपमा लिन नहुने बताए । उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए ।

अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।ओलीले भने- अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो । मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो ।

ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए ।ओली झापा ५ बाट निर्वाचित भएपछि विजयी सभालगायतमा सहभागी हुन आज झापा पुगेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment