Latest
img

‘इतिहास रचेकोमा गर्व लाग्छ’ – रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार पाँचौ विश्वकपमा गोल गर्ने उपलब्धि हासिल गर्न सकेकोमा आफूलाई गर्व लागेको बताएका छन् ।घानाविरुद्ध जितमा रोनाल्डो खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । उनले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल र सन् २०१८ मा ४ गोल गरेका थिए ।घानाविरुद्ध रोनाल्डोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै विश्वकपको आठौं गोल गरे । पोर्चुगलले ३-२ को रोमान्चक जित हासिल गर्दा रोनाल्डो ८८ औं मिनेटसम्म मैदानमा रहे । उनको स्थानमा गोन्कालो रामोस मैदान छिरेका थिए ।खेलपछि बोल्दै रोनाल्डोले आफ्नो लागि यो क्षण विशेष रहेको बताए ।

‘यो विशेष क्षण हो । मेरो पाँचौ विश्वकप हो र पाँचौ विश्वकपमा गोल गर्दै इतिहास रच्न सकें । म निकै गर्व महसुस गरिरहेको छु । पहिलो खेलमा जित हासिल गर्नु महत्त्वपूर्ण थियो । हाम्रो टोलीले राम्रो खेल्यौं,’ रोनाल्डोले भने ।रोनाल्डोले यसै साता मात्र म्यानचेस्टर युनाइटेडसँग आपसी समझदारीमा सम्झौता रद्द गरेका थिए ।

रोनाल्डोले युनाइटेडसँगको कुरा सकिएको र अब विश्वकपमा ध्यान दिने बताए ।‘यो साता हामीले विश्वकपमा राम्रो सुरुवात गर्नु थियो । त्यसमा हामी सफल भएका छौं । बाँकी सबै कुरा सकिसकेको छ । अब हाम्रो ध्यान विश्वकपमा छ । आज राम्रो सुरुवात भयो र अब अघि पनि त्यसैलाई निरन्तरता दिनेछौं,’ उनले टुंग्याए ।पोर्चुगलले अब समूह चरणको दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ ।

यो पनि – कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा बिहीबार पोर्चुगलले घानामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै कतारमा जारी फिफा विश्वकपमा सुखद सुरुआत गरेको छ ।कतारको रंगशाला ९७४ मा भएको खेलमा एक गोल गरेका रोनाल्डोले उक्त गोलसँगै विश्वकपको फरक पाँच संस्करणमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान बनाए ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जाओ फिलिक्स र रफाइल लियोले एक–एक गोल गरे । घानाका एन्ड्री अयेउ र ओस्मान बुकारीले गोल फर्काएका थिए ।खेलको ६३औँ मिनेटमा घानाका मोहम्मद सालिसुले रोनाल्डोमाथि १८ यार्ड बक्सभित्र फाउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो ।

जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् ।यो गोलसँगै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बने । सन् २००६ मा पहिलो विश्वकप खेलेका रोनाल्डोले त्यसयताका सबै संस्करणमा गोल गरेका छन् ।उनले २००६, २०१० र २०१४ मा समान एक गोल गर्दा २०१८ को संस्करणमा भने चार गोल गरेका थिए ।

रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता बनाए पनि ७३औँ मिनेटमा अयेउले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए ।त्यसको पाँच मिनेटपछि फिलिक्सको गोलमा पोर्चुगलले पुनः खेलमा अग्रता बनाएको थियो । ८०औँ मिनेटमा लियोको गोलमा पोर्चुगलले अग्रतालाई ३–१ को अवस्थामा पुर्‍याए ।

तर, खेलको ८९औँ मिनेटमा घानाका बुकारीले गोल गर्दै अग्रतालाई ३–२ मा झारेपछि खेल रोमाञ्चक बनेको थियो । जितसँगै तीन अंक जोडेको पोर्चुगल समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको छ ।समूहमा समान एक अंक जोडेका दक्षिण कोरिया र उरुग्वे क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, अंकविहीन घाना भने तालिकाको पुछारमा पुगेको छ ।

फिफा विश्वकप २०२२ कतार अन्तर्गत घानाविरुद्ध जितमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्लेयर अफ द म्याच चुनिएका छन् ।रोनाल्डोले घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।

उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल र सन् २०१८ मा ४ गोल गरेका थिए ।घानाविरुद्ध रोनाल्डोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै विश्वकपको आठौं गोल गरे पोर्चुगलले ३-२ को रोमान्चक जित हासिल गर्दा रोनाल्डो ८८ औं मिनेटसम्म मैदानमा रहे ।

उनको स्थानमा गोन्कालो रामोस मैदान छिरेका थिए ।पोर्चुगलको जित रोनाल्डोसँगै जोआओ फेलिक्स र राफाएल लिआओले पनि १-१ गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले यी दुवैको गोलमा असिस्ट प्रदान गरेका थिए । घानाका लागि ओस्मान बुकारी र आन्द्रे आयुले गोल गरेका थिए ।

रोनाल्डोले सन् २००६ विश्वकपमा इरानविरुद्ध गोल गर्दै खाता खोलेका थिए । त्यसपछि सन् २०१० मा उनले उत्तर कोरियाविरुद्ध गोल गरेका थिए । सन् २०१४ मा घानाविरुद्ध नै गोल गर्दै रोनाल्डोले लगातार तीन विश्वकपमा गोल गरे ।सन् २०१८ मा भने रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरे । उनले स्पेनविरुद्ध खेलमा ह्याट्रिक गरेका थिए । त्यसपछि मोरक्कोविरुद्ध पनि उनले गोल थपेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment