Latest
img

अबदेखि गुगल म्यापमार्फत ‘नागढुङ्गाकाे जाम’ लाइभ हेर्न सकिने

अबदेखि लाइभ ट्राफिकको अवस्था गुगल म्यापमा हेर्न सकिने भएको छ। गुगल म्याप्सले नेपालमा समेत लाइभ ट्राफिक देखाउन सुरु गरेको छ । गुगलले आफ्नो म्याप्स एपको पछिल्लो अपडेट मार्फत नेपालमा समेत आफ्नो यो सेवा विस्तार गरेको हो ।

म्याप सुरु गरेको झन्डै दुई वर्षपछि अर्थात् गुगलले सन् २००७ मा पहिलो पटक सडकको रियल टाइम ट्राफिक अवस्था देखाउने फिचर थपेको थियो। कम्पनीले सो फिचर थप गरेको झन्डै १५ वर्ष भइसकेको छ। नेपालको सहरी क्षेत्रको मात्र नभएर मुख्य राजमार्गको ट्राफिक अवस्था समेत गुगल म्यापमा देखिन थालेको छ ।

गुगलले पछिल्लो अपडेट मार्फत नेपालमा यो ट्राफिक लाइभ सुविधा विस्तार गरेको हो। यसभन्दा अघि यो सुविभा अन्य देशहरुमा मात्र संचालन भइरहेको थियो। प्रयोगकर्ताले गुगल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ ।

जसमा निलो रङ्गले जाम नभएको, पहेँलो रङ्गले सडक व्यस्त अर्थात सवारीहरूको सङ्ख्या धेरै भए पनि चलिरहेको र रातो रङ्गले ट्राफिक जाम भइरहेको बुझाउँछ ।यसले गर्दा मानिसहरु कुन रुटमा सडक व्यस्त छ ? कुन सडकमा जाम धेरै छ ? कुन रुट हुँदै यात्रा गर्दा सहज हुन्छ ? भन्ने कुरा घरमै बसेर हेर्न सक्नेछन्।

यो पनि – गुगल म्यापले सान्दर्भिक जानकारी प्रदान गर्दै तपाईंको लोकेसन निर्धारण गर्ने प्रयास गर्दछ । यसको प्रमुख काम पनि यही हो ।यसो गर्न सकेन भने गुगल म्याप नै प्रयोग विहीन हुन पुग्छ । गुगल म्यापमा देखिने निलो विन्दुले विशेषगरी म्याप प्रयोगकर्ता रहेको ठाउँलाई बुझाउँछ ।

यो गुगल म्याप एप्लिकेसनको एउटा महत्वपूर्ण फिचर हो । गुगल म्याप प्रयोग गर्दा निलो विन्दु देखिन्छ भने यो राम्रो कुरा हो ।यसबाट गुगल म्यापले तपाईं रहेको लोकेसन अर्थात स्थानलाई निर्धारण गर्छ । तपाईं कता हुनुहुन्छ भन्ने कुराको यकिन यसले गर्दछ ।

प्राविधिक रुपमा यसले तपाईंलाई नेभिगेसनको (कता जाने भनेर) दिशानिर्देश गर्दछ । अर्कोतिर यदि तपाईंले निलो विन्दु देख्नु भएन र त्यसको ठाउँमा खैरो रङ देख्नुभयोे भने गुगल म्यापले तपाईंको तत्कालको लोकेसन फेला पार्न सकिरहेको छैन भनेर बुझ्नुहोस् ।

यस्तो बेला गुगलले थाहा पाएको तपाईंको अन्तिम लोकेसनलाई म्यापमा देखाउँछ । तर म्यापले यसबारे जानकारी नदिने हुँदा गुगलले देखाएको तपाईंको अन्तिम लोकेसन मिलेको छ वा छैन आफै निर्धारण गर्नुहोस् ।जब गुगल म्यापले तपाईंको लोकेसनलाई निर्धारण गर्न सक्दैन, तब निलो विन्दुको बाहिर हलुका निलो गोलाकार देख्नुहुनेछ ।

यस्तो चिन्ह आउँदा तपाईंको म्यापले जुनसुकै लोकेसन देखाएको हुनसक्छ । त्यो गोलाकार जति धेरै सानो हुन्छ, तपाईंको लोकेसनको मामिलामा एप त्यति नै धेरै सही हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । यस्ता कुराहरुलाई एकदमै धेरै ध्यान दिनुहोस् ।अन्य नेभिगेसन एप जस्तै गुगल म्यापले पनि तपाईंको फोनभित्रको जीपीएस सेन्सर प्रयोग गरीे लोकेसन निर्धारण गरी निलो विन्दुको रुपमा देखाउँछ ।

यो विधिकै कारण गुगल म्यापले २० मिटरसम्मको तपाईंको लोकेसन निर्धारण गर्न सक्छ ।यद्यपी लोकेसन निर्धारणका लागि यो उत्कृष्ट तरिका भने होइन । तर समयसँगै यो थप अत्याधुनिक बन्दै गइरहेको छ ।गुगलले तपाईंको वाईफाईको विवरणबाट पनि लोकेसन पहिचान गर्न थालेको छ ।

यदि तपाईं वायरलेस नेटवर्कमा हुनुहन्छ भने यो एप्लिकेसनले आफ्नो जानकारी प्रयोग गरी सही डेटा निकाल्छ ।अनि जीपीएस विवरण प्रयोग गरी तपाईंको लोकेसन म्यापमा देखाउन सक्छ । यदि जीपीएस पनि छैन र वाईफाई पनि छैन भने गुगल म्यापले सेलुलर विवरण खोलेर तपाईंको लोकेसनलाई पत्ता लगाउँछ ।

तर यस्तो बेला वास्तविकता भने घट्ने सम्भावना हुन्छ । गुगलका अनुसार यस्तो बेला लोकेसन हजार मिटरसम्ममा मापन हुन्छ ।त्यसैले यात्रा गरिरहँदा यो विधिको प्रयोग उपयुक्त हुँदैन । यस्तो बेला तपाईंले हाई एक्युरेसी (सत्यको नजिक) मोड प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि एन्ड्रोइड डिभाइसभित्र सेटिङबाट लोकेसन मोड हुँदै हाई एक्युरेसीमा जानुहोस् । तर कहिलेकाँही गुगल म्यापलाई लोकेसन निर्धारण गर्न सहयोग पुर्‍याउने सबै कुरा उपलब्ध हुँदै समेत तपाईंको फोनमा इन्स्टल भएको अपडेटका कारणले पनि समस्या उत्पन्न हुन सक्छ ।

यदि अपडेट टुटेर गुगल म्यापले तपाईंको लोकेसन निर्धारण गर्नसक्दैन जस्तो लाग्छ भने पुरानै भर्सनमा गएर एन्ड्रोइडमा हो भने एपीके इन्स्टलरलाई म्यानुअल किसिमले डाउनलोड गर्नुहोस् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment