Latest
img

अन्तत: बालेन र हर्क एक , हर्कको पोस्ट शेयर गर्दै बालेनले यस्तो भने-

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीचको केही समयअघि निकै मनमुटाव देखियो । खासगरि, साम्पाङले बालेनविरुद्ध धारावाहिकरुपमा फेसबुकमा स्टाटस लेख्दै आपसी तिक्तता बढाए ।तर, अहिले आएर उनीहरुबीच फेरि सौहार्दता छाएको संकेत देखिएको छ ।

बालेनले हर्क साम्पाङको एउटा फेसबुक पोस्टलाई आफ्नो समर्थनसहित सेयर गरेका छन् । हर्कले धरानमा कोशीको पानी ल्याउने विषयमा स्टाटस लेखेका थिए । पुरानो तुष बिर्सिँदै बालेनले उनको स्टाटस सेयर गरिदिएका हुन् ।बालेनले सेयर गरेको साम्पाङको स्टाटस यस्तो छः

जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नुपर्छ । अन्यथा उहाँ धरा नआए पनि हुन्छ ।साम्पाङले चुनावमा धरानको खानीपानी समस्या समाधानलाई प्रमुख मुद्दा बनाएका थिए । निर्वाचित भएपछि पनि उनले यसै विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् ।

यो पनि – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले काठमाडौँ बाट नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् ।उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् ।उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् ।

काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरेका छन् ।‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो ।

देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ ।काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ ।

खोला किनार ब्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ ।

तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।काठमाडौं महानगरपालिकामा काठमाडौं १, २, ३, ४, ५, ६, ७, ८ र ९ निर्वाचन क्षेत्र पर्छन् । बालेनले नौ क्षेत्रबाटै जितेका सांसदहरूको तस्बिर राखेर सामाजिक सञ्जालमा बधाई र शुभकामना दिएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment