फिफा विश्वकप अन्तर्गत समुह चरणको खेलमा इङ्गल्याण्डले इरानलाई ६–२ को अन्तरले पराजित गर्दा इङ्गल्याण्डका खेलाडीहरुले खुशी मनाउने क्रममा गरेको हरकत यतिबेला भाइरल बनेको छ ।इङ्गल्याण्डको लागि छैठौं गोल ज्याक ग्रिलिशले ९० औं मिनटमा गरेका थिए ।
ग्रिलिशले विश्वकपमा आफुले पहिलो गोल गरेपछि खुशी मनाउने क्रममा आफ्नो जर्सी फुकाल्दै मैदान बाहिर अर्थात दर्शकदीर्घामा गएर आफ्नी प्रेमिकालाई अंकमाल गर्दै चुम्बन गरेका थिए ।ग्रिलिशले यस्तो किसिमले खुशी मनाएपछि अहिले उनका भिडियो र तस्विरहरु सामाजिक सञ्जालमा भाईरल बनेका छन् ।
कतार विश्वकपमा यस्ता हरकतप्रति कतार सरकारले पूर्णरुपमा बन्देज लगाएको छ । जुन त्यहाँको नियम अनुसार गर्न पाईदैन ।कतारको सरकारको नियम अनुसार फुटबल प्रेमी महिला दर्शकहरुले घुँडासम्म ढाक्ने किसिमको पोशाक लगाउनु पर्नेछ । त्यस्तै पुरुषहरुले जिन्स पाइन्ट लगाउनमा समेत प्रतिबन्ध लगाईएको छ ।
त्यस्तै टीसर्ट उतार्ने कुरामा समेत प्रतिवन्ध लगाईएको छ ।यस्तोमा इङ्गल्याण्डका खेलाडीले टीसर्ट निकाल्दै रङ्गशाला परिसरमै आफ्नी प्रेमिकालाई चुम्वन गर्नुले अहिले कतारको कानुनलाई ठूलो चुनौंति दिएको छ ।उता कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा पोर्चुगलले घानालाई हराउँदै विजयी शुरुवात गरेको छ ।
खेलमा पोर्चुगलका कप्तान समेत रहेको क्रिष्टियानो रोनाल्डोले जाओओ फेलीक्स् र ओटाभीयोसँगै फरवार्ड लाईनमा शुरुवात गरेका थिए ।खेलअघि राष्ट्रिय गान सुन्ने र गाउने क्रममा रोनाल्डो भावुक बन्दै आखाँ समेत रातो र आशुले रसाएको स्पष्ट देखिएको थियो ।
रोनाल्डोको यो सम्भावित अन्तिम विश्वकप हुनेछ भन्ने स्पष्ट उनको भावुकतामा स्पष्ट झल्किएको थियो । उनले हालै बेलायती चर्चित पत्रकार पियर्स मोगर्नसँग दिएको भिडिओ अन्तरवार्तामा पनि सम्भवत यो आफ्नो पाँचौं र अन्तिम विश्वकप सहभागिता हुने बताएका थिए ।
सोही अन्तरवार्तामा उनले पोर्चुगलले विश्वकपको उपाधि जितेमा आफू खेल जिवनबाट तुरुन्तै सन्यास लिने समेत जिकिर गरेका थिए ।घाना विरुद्धको पहिलो खेल शुरु हुनुभन्दा पहिले उनको रसाएको आखाँले यो विश्वकप उनको निम्ति ब्यक्रिगत रुपमा कति महत्वपूर्ण छ भन्ने संकेत गरिरहेको थियो ।
सायद त्यसैले पोर्चुगलको राष्ट्रिय गान स्टेडियम ९४७ मा घन्किदाँ रोनाल्डो भावुक हुनुका साथै आखाँमा आशु लिएर गाइरहेको थिए ।इङ्गलिश क्लब म्यान्चेस्रट युनाइटेडसँग सम्झौता रद्द गरेपछि यतिबेला रोनाल्डो क्लबविहिन छन् । तर रोनाल्डोले पछिल्लो समय क्लब फुटबलभन्दा पनि पोर्चुगलको राष्ट्रिय टोलि र विश्वकप उपाधि उनको निम्ति महत्वपूण्र्ढा रहेको स्पष्ट पारिसकेका छन् ।
घानाविरुद्धको रोमाञ्चक खेलमा ३–२ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले पेनल्टीमार्फत किर्तिमानी गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता समेत दिलाएका थिए ।उता कतारमा जारी फिफा विश्वकप फुटबलमा गएराति ब्राजिलले सर्बियालाई २–० ले हरायो । ब्राजिलले सहज जित निकाले पनि टिमका स्टार खेलाडी नेयमारले भने पूरा समय मैदानमा बिताउन पाएनन् ।
कारण हो– खुट्टाको चोट । खुट्टामा लागेको चोटका कारण उनी ७९औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।नेयमारको कुर्कुच्चामा लागेको चोट कति गम्भीर छ रिपोर्ट आउन बाँकी छ । चोटको गहिराइपछि मात्र उनले विश्वकपका बाँकी म्याच खेल्छन् वा खेल्दैनन् थाहा हुनेछ । यसैबीच, सर्बियाविरुद्ध ब्राजिल २–० को विजय हुँदा नेयमार बेन्चमा रोइरहेका थिए ।
उनको त्यो आँसु हर्षको थिएन, त्यो पीडाको थियो ।‘हामीलाई विश्वास छ, नेयमारले विश्वकपका बाँकी खेल खेल्नेछन्,’ ब्राजिलका प्रशिक्षक टिटेले भनेका छन् ।सर्बियाका निकोला मिलेन्कोभिकसँग ठोक्किँदा नेयमारको दायाँ कुर्कुच्चामा चोट लागेको थियो । चोट लागेपछि पनि ११ मिनेटसम्म उनले खेल्ने प्रयास गरे । त्यसपछि भने नेयमारले मैदान छाडे ।
‘नेयमारको दाहिने घुँडामा चोट लागेको छ । हामीले तुरुन्तै उनको उपचार सुरु गर्यौँ । उनले फिजियोथेरापीबाट पनि उपचार जारी राखेका छन् । एमआरआईमार्फत चोटको प्रकृतिबारे राम्रोसँग बुझ्नको लागि २४ देखि ४८ घण्टा चाहिन्छ,’ ब्राजिल टिमका डाक्टर रोड्रिगो लास्मारले भनेका छन् ।
उनका अनुसार शुक्रबार मात्र नेयमारको चोटको अवस्थाबारे थाहा हुनेछ । लुसेल स्टेडियममा भएको खेलमा ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ७३ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै टाेलीलाई २-० को जित दिलाए ।
जितसँगै ब्राजिलले तीन अंक जाेड्दा सर्बियाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ । त्यस्तै, समूह `एच´ अन्तर्गतकाे खेलमा पाेर्चुगलले घानाविरुद्ध ३-२ काे राेमाञ्चक जित निकाल्यो । स्टेडियम ९७४ मा पाेर्चुगललाई जित दिलाउन क्रिस्टियानाे राेनाल्डाे, जाओ फेलिक्स र राफेल लियाेले एक/एक गाेल गर्दा घानाका लागि आन्द्रे एयु र ओस्मान बुकारीले एक/एक गाेल फर्काए ।
खेलकाे ६५ औं मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत गाेल गर्दै पाेर्चुगललाई सुरूवाती अग्रता दिलाएका थिए । घानाका मोहम्मदले रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियाे । जसमा उनले सहजै गोल गरे ।
Leave A Comment