काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा बिहीबार पोर्चुगलसँग ३–२ ले पराजित भएपछि घानाका मुख्य प्रशिक्षक ओटा आड्डोले रेफ्रीले पोर्चुगलाई अनावश्यक पेनाल्टी दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
विश्वकपअन्र्तगत बिहीबार सम्पन्न समूह ‘एच’ को खेलको ६५औं मिनेटमा घानाका मोहम्मद सलिसुले क्रिस्टियानो रोनाल्डोलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि रेफ्रीले पोर्चुगललाई पेनाल्टी प्रदान गरेका थिए । जसमा गोल गर्दै रोनाल्डोले खेलमा पोर्चुगललाई अग्रता दिलाएका थिए ।
रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता बनाए पनि ७३औँ मिनेटमा अयेउले गोल गर्दै घानालाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि फिलिक्सको गोलमा पोर्चुगलले पुनः खेलमा अग्रता बनाएको थियो । ८०औँ मिनेटमा लियोको गोलमा पोर्चुगलले अग्रतालाई ३–१ को अवस्थामा पुर्याए ।
तर, खेलको ८९औँ मिनेटमा घानाका बुकारीले गोल गर्दै अग्रतालाई ३–२ मा झारेपछि पोर्चुगलले रोमाञ्चक जित निकालेको थियो ।खेलपछि पत्रकारसँग घानाका प्रशिक्षक ओड्डोले भिडियो असिस्टेन्ट रेफ्री (भार)ले त्यसमा चासो नदेखाएको भन्दै आक्रोश पोखे ।“मलाई लाग्छ यो प्रश्न तपाईंहरूले रेफ्रीहरूलाई सोध्न पर्छ । मसँगको यसको कुनै सबुत छैन ।
तर, हामीले बल खेलिरहेका थियौँ । र, त्यसपछि त्यहाँ दुई खेलाडीबीच केही सम्पर्क भएको थियो,” प्रशिक्षक आड्डोले आक्रोश पोखे, “मलाई थाहा छैन रेफ्री त्यहाँ के गरिरहेका थिए । त्यो घटनामा भिडियो असिस्टेन्ट रेफ्री (भार)ले चासो देखाएको नदेखाएको पनि मलाई थाहा छैन । यदि, त्यो घटनाको रिप्ले हेर्ने हो भने उनीहरूले हामीमाथि फाउल गरेको देखिन्छ ।”
यो पनि – अस्ट्रेलियाविरुद्धको खेलका दौरान घा’ इते भएका फ्रान्सका रक्षक लुकास हर्नान्डेजको घुँडाको चोटको सफल शल्यक्रिया भएको छ ।हर्नान्डेजको क्लब बायर्न म्युनिखले बिहीबार उनको इन्सब्रकमा एन्टेरियर लिगामेन्ट क्रुज (एसीएल)को सफल श’ ल्यक्रिया भएको पुष्टि गरेको हो ।
विश्वकपअन्तर्गत बुधबार राति साविक विजेता फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले पराजित गर्दा हर्नान्डेजले एसीएलमा चोट बोकेका थिए । यही चोटका कारण उनी विश्वकपबाट बाहिरिएका थिए ।हर्नान्डेज चोटका कारण फ्रान्सले गुमाएको पाँचौँ खेलाडी हुन् । विश्व कप सुरु हुनुअघि चोटकै कारण पाउल पोग्बा, एन्गोलो कान्टे, करिम बेन्जेमा, क्रिस्टोफर एन्कुकु विश्वकपबाट बाहिरिएका थिए ।
बायर्नले हर्नान्डेजेको शल्यक्रिया सफल भएको जनाए पनि उनी कति समयसम्म आराममा बस्छन् भन्नेबारे केही खुलाएको छैन । यद्यपि, हर्नान्डेजले पूरा २०२२–२३ को सिजन गुमाउने अनुमान गरिएको छ ।
Leave A Comment