Latest
img

जापानिज खेलाडी र खेल समर्थक देखेर कतारमा सबैजना चकित, खेलाडीले समेत सफा गरे ड्रेसिङ रुम

कतारका रंगशालामा विभिन्न देशका खेलाडीहरुले खेल खेलिरहेका छन् । बिभिन्न देशका समर्थकहरु त्यहाँ पुगेका छन् । तर कतारमा जारी फिफा विश्वकपमा जापानका फुटबल फ्यानहरूले फेरि पनि आफ्नो सम्मानजनक व्यवहार र सभ्यताबाट विश्वलाई प्रभावित बनाइरहेका छन् ।

जापानका समर्थकहरूले जर्मनीविरुद्धको खेल सक्किएपछि अल खलिफा स्टेडियममा रहेका फोहोरहरु सफा गरेको दृश्य र तस्विर यतिबेला विश्वभरि नै भाइरल भइरहेको छ । यति मात्र होइन जापानको खेल नभएको स्टेडियममा उपस्थित भएका जापानका समर्थकहरुले खेलपछि त्यहाँ पनि सफा गरिरहेका छन् ।

जर्मनीविरुद्धको खेलमा जित निकालेपछि भिडिओ र फोटोमा जापानका समर्थकहरुले स्टेडियमा सफा गरिरहेको विषयले चर्चा पाएपनि जापानको समर्थकहरुको समूहले उद्घाटन खेल अघि नै खेल पछि आफूहरु उपस्थित स्टेडियमलाई सक्दो सफा गर्न निर्णय गरेको एक अन्तराष्ट्रिय समाचार माध्यममा समाचार प्रकाशन भएको छ ।

उनीहरुले कतार र इक्वेडोरबिच भएको उद्घाटन खेलपश्चात पनि स्टेडियम सफा गरेको पाइएको थियो । तर अहिले जर्मनीसँगको खेल जितेपछि खुशीयाली मनाउन छोड्दै स्टेडियम सफा गर्न ब्यस्त जापानका समर्थक भन्ने खालको समाचारहरु बाहिरिएपछि मात्र यो कुरामा प्रकाश परेको एक समर्थकको भनाई छ ।

जापानका समर्थकहरुलाई जर्मनविरुद्धको खेलपछि सफा गरिरहेको स्थानमा एक पत्रकारले प्रश्न तेस्र्याउँदा उनले आफू बस्ने स्थानलाई माया गर्नु र सफा राख्दै सम्मान गर्नु जापानी नागरिकको सभ्यातामै पर्ने प्रतिक्रिया दिएका छन् ।ति समर्थकले जापानलाई विश्वभरि

सभ्य पहिचान र कडा मिहिनेतका लागि चिन्ने गरेको बताउँदै फोहोर ठाउँलाई सफा गर्नु जापानी नागरिकको लागि नौलो र ठूलो विषय नभएको धारणा ब्यक्त गरे । उनले आफू बसेको स्थान सफल गर्दा विश्व किन चकित परिरहेको होला भनेर अच्चमित परिरहेको प्रतिक्रिया समेत दिएका छन् ।

जर्मनीसँगको जित पछि सयौंको संख्यामा रहेका जापानी समर्थकहरुले निलो झोलामा फोहोरहरु बट्लेको तस्विरले यतिबेला सामाजिक सञ्जालमा निक्कै प्रशंसा बटुलिरहेको छ । जर्मनीविरुद्धको खेलमा जित निकालेको जापान राउण्ड अफ १६ मा पुग्ने सम्भावना समेत बढेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment