Latest
img

कतारले फर्कायो १ गोल

खेलको ४० औ मिनेट र सेकेन्ड हाल्फ़ पछिको केहि मेन्सेट मा गरि २ गोल गरेको नेगललाई कतार ले १ गोल फार्काएको छ । कतार र सेनेगलबीचको खेल अल थुमामा स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजे देखि शुरु भएको छ ।

दुवै टोली समूह ‘ए’ मा पहिलो जितको खोजीमा हुनेछ ।दुवै टोलीले आफ्नो पहिलो खेलमा समान २–० को हार बेहोरेको थियो । कतारले इक्वेडरसँग तथा सेनेगलले नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । आयोजकको हैसियत पाएर पहिलोपटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेको कतार विश्वकपमा गोल गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

कतारलाई अफ्रिकी च्याम्पियनविरुद्धको खेल त्यति सहज भने हुने छैन । तर, कतारले सेनेगलका मुख्य फरवार्ड साडियो माने नभएको फाइदा उठान सक्नेछ । सेनेगललाई आफ्नो मुख्य फरवार्ड साडियो मानेको अभाव हुनेछ । चोटका बावजुत विश्वकपको टोलीमा समावेश भएपनि उनी अन्तिम समयमा बाहिरिन पुगेका थिए ।

कतारले गत वर्षको फिफा अरब कपमा दुईपटक अफ्रिकी राष्ट्रसँग प्रतिस्पर्धा गरेको थियो । सेमिफाइनलमा अल्जेरियासँग २–१ ले पराजित भएको कतारले इजिप्टलाई सडन डेथमा ५–४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।विश्वकपमा सेनेगलको उत्कृष्ट नतिजा २००२ को विश्वकपमा क्वाटरफाइनल पुग्नु हो ।

तेस्रोपटक विश्वकप खेलिरहेको सेनेगलले विश्वकपमा ९ खेल खेल्दा समान ३ जित, बराबरी र हारको नतिजा निकालेको छ । त्यसमा ११ गोल गर्दा १२ गोल बेहोरेको छ ।कतार र सेनेगलबीचको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । कतारले अफ्रिकी विपक्षीविरुद्ध पछिल्ला १३ खेल खेल्दा ३ खेलमा मात्रै हार बेहोरेको छ ।

समान ५ जित र बराबरीको नतिजा निकालेको छ ।एडुआर्ड मेन्डी, बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो, इब्राहिमा एम्बाय, इड्रीसा गाना गेये र इस्माइला सार टाेलीमा रहेका छन्बा ।यता, कतारसँग साद अलसिब, पेड्रो मिगुएल,

तारेक सलमान, बसम अल रावी, अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, स्माइल मोहम्मद, नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment