बैतडीमा शुक्रबार साँझ साढे पाँच बजेतिर जिप दु’ र्घटनामा परेको छ । बैतडीको पुर्चौंडीबाट जन्ती बोकेर ल्याएको जिप सुर्नया गाउँपालिका वडा नं ८ पातलखोला भन्ने स्थानमा दु’ र्घटनामा परेको हो ।सु.प.प्र.०१००१ ज १३५४ नम्बर जिप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ ।
दु’ र्घटनामा परी ४१ बर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चो’ ट रहेको प्रहरीले जनाएको छ ।उता पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृ’ त्यु भएको छ। दुई घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दु’ र्घटनामा मृ’ त्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। उनीहरु प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीय जयन्तीदेवी महतो घाइते भएकी छन्।
घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुर स्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ। उता बस दु’ र्घटनामा ११ जना घा’ इते भएका छन्। दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा ५ स्थित उन्नाइस किलो भन्ने ठाउँमा दु’ र्घटना हुँदा ११ जना घा’ इते भएका हुन्।
ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दु’ र्घटना भएको प्रहरीले बताएको छ। उनका अनुसार बसमा ३५ यात्रु सवार थिए। जसमध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको प्रहरीले बताएको छ।
उता फेवा तालमा तालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवती मृ’ त अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृ’ त अवस्थामा फेला परेकी हुन् ।
गत आइतबार फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा श’ व फेला पारेको हो । यता पर्वतको मोदी गाउँपालिका ६ तिलाहारस्थित खेतमा वतन नखुलेकी ४५ वर्षीया बल सुब्बा गुरुङ शुक्रबार मृ’ त अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Leave A Comment