आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ। यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी चित्र देखाइसकेको छ। यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका उम्मेदवार निर्वाचित भएका छन्।
यहाँ ७० वर्ष नाघेका विजयी उम्मेदवारबारे चर्चा गरिएकाे छ। यस पटकको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका चित्रबहादुर केसी सबैभन्दा बढी उमेरका सांसद हुनेछन्। केसीले ८० वर्ष नाघिसकेका छन्। केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।
लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा ९एमाले०का सूर्य पाठकलाई पराजित गरेका हुन् ।केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भए ।केसी यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेर जित हासिल गरेका हुन् ।
दोस्रोमा प्रधानमन्त्री शेरबहादुर देउवा छन्। उनी ७७ वर्षका भए। कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे भने अर्का उम्मेदवार नेपाली कांग्रेस ९विपी०का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेका थिए ।
डडेलधुराबाट निर्वाचित भएका देउवा फेरि पनि प्रधानमन्त्रीको दौडमा देखिने प्रबल सम्भावना छ। अर्का ज्येष्ठ सांसद हुन् ध्रुवबहादुर प्रधान। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका छन्। यस्तै नेकपा झापा ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगिसकेका छन्।
ओली करिब २८ हजार बढी मतले विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ मा ओलीले खगेन्द्र अधिकारीलाई २७ हजार ८ सय ४२ मत अन्तरले हराउँदै विजयी भएका हुन्। ५७ हजार १ सय ३९ मतसहित ओली ओली विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २ सय ९७ मत पाएका छन्।
१ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो ।रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्ष पुगे। उनी पनि यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ७२ वर्षीय पुगे। उनले पनि यस पटक मोरङ–६ बाट प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेका छन्।
Leave A Comment