Latest
img

विश्वकपका प्रत्येक गोलमा ब्राजिलका खेलाडीको छुट्टा छुट्टै डान्स हेर्न पाईने

पाँच पटकको विश्वकप विजेता ब्राजिलका खेलाडीले कतार विश्वकप अन्तर्गत गरिने प्रत्येक गोलमा बेग्लाबेग्लै डान्स गर्दै खुशी जाहेर गर्ने भएका छन् । ब्राजिलका खेलाडीहरुले त्यसको लागि रिहर्सल गर्दै विशेष तयारी समेत गरेका छन्। यो रिहर्सलको तयारी एक, दुई गोलको लागि नभै १० गोलसम्मको लागि तयारी गरिएको हो ।

अव ब्राजिलले गोल गरेपछि कस्तो डान्सको प्रदर्शन गर्छ त्यो अहिले उत्सुकताको विषय बन्न पुगेको छ ।ब्राजीलका स्ट्राइकर राफिन्हाले भने, हामीले १० गोलको लागि डान्सको तयारी गरेका हौं, साथै हामीले प्रत्येक गोलको लागि बेग्लाबेग्लै डान्सको तयारी गरेका छौं । तर विश्वकपमा १० गोल भन्दा बढी गोल हान्न सफल भयौं भने फेरि नयाँ तरिकाले डान्सको तयारी गर्नेछौं ।

यो पनि – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।खलिफा रंगशालामा शुक्रबार नेदरल्यान्ड्सले खेलको सुरुवातमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

कोडी गाक्पोले अग्रता दिलाएको नेदरल्यान्ड्सले खेल अघि बढ्दै जाँदा आक्रमणलाई निरन्तरता दिन सकेन । जवाफमा इक्वेडरले भने पटक पटक डच टोलीको डिफेन्सलाई समस्या दियो । इक्वेडरले दोस्रो हाफको सुरुवातमै कप्तान एनर भ्यालेन्सियाको गोलमा पुनरागमन गर्यो ।

त्यसपछि पाएको अवसर सदुपयोग गर्न नसक्द खेल बराबरीमा सकियो ।खेलको पाँचौ मिनेटमा नै कोडी गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिर डेभी क्लासेनले दिएको चलाखीपूर्ण पासलाई उनले अघि बढाउँदै गोलमा परिणत गरे । पहिलो हाफको इन्ज्युरी समयमा इक्वेडरले गोल फर्काएको थियो ।

तर भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन । गोल हुने क्रममा गोलरक्षकलाई अफसाइडमा बसेको खेलाडीले छेकेका कारण गोलले मान्यता पाउन सकेन ।दोस्रो हाफको सुरुवातमा भने इक्वेडरले बराबरी गोल फर्कायो । उद्घाटन खेलमा दुई गोल गरेका कप्तान एनर भ्यालेन्सियाले इक्वेडरलाई खेलमा फर्काए ।

पेर्भिस एस्तुन्पियानको प्रहारलाई गोलरक्षक एन्द्रिज नोपर्टले विफल पारेपनि रिबाउन्डमा भ्यालेन्सियाले बललाई सहजै पोस्टको दिशा दिए ।५९ औं मिनेटमा इक्वेडरको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । क्लियर नभएको क्रसमा गोन्जालो प्लाटाले गरेको शक्तिशाली प्रहार गोलरक्षक नोपर्टले जोगाउन नसक्दा क्रसबारमा लागेर फर्केको थियो ।

त्यसअघि समूह ए को खेलमा आयोजक कतार सेनेगलसँग ३-१ ले पराजित भएको थियो । पहिलो हाफको अन्त्यतिर बोउलाए डियाको गोलमा अग्रता लिएको सेनेगलले दोस्रो हाफको सुरुवातमै फामारा देधिउको गोलमा अग्रता बढाएको थियो । तर मोहमद मुन्टारीले कतारका लागि विश्वकप इतिहासकै पहिलो गोल गर्दै खेलमा फर्कने संकेत दिए ।

थकित डिफेन्सविरुद्ध वैकल्पिक खेलाडी बाम्बा डीएङले गोल थप्दै सेनेगललाई जित दिलाए ।समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरको समान ४-४ अंक छ । तेस्रो स्थानको सेनेगलको ३ अंक छ भने कतार दुवै खेल हार्दै विना अंक पुछारमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment