Latest
img

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ ! यस्तो पो रेहेछ बास्तबिकता-

सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ ।उक्त फोटोलाई फोटोसपको सहाराले सुन्दर बनाइएको तर्कसहित म्यागाजिनले फोटोलाई ‘फेक’ भनेको छ ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो ।

फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत शंका रहेको छ ।फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन ।

र किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ ।

अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ । समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’उक्त रिर्पोटका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको हो ।

उक्त म्यागेजिनले फोटोग्राफरको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम)मा पनि शंका गरेको छ । ‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फेाटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ । अरु ग्यालरी किन देखिएन ?’ म्यागेजिनले प्रश्न गरेको छ ।

फ्याक्ट चेकले दाबी गर्दै लेखेको छ, ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेकी हुन् । उसको तर्कअनुसार फोटोमा सिनहरू जोडजाड गरिएको छ भने हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको छ । पत्रिकाले पावलोव्स्कीलाई फोटोसफ विज्ञ पनि भनेको छ ।

‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शीर्षकमा हिजो प्रकाशित रिपोर्टअनुसार वास्तविकताभन्दा भिन्न र अनौठोजस्तो लागेपछि पत्रिकाले विश्लेषण गर्ने निर्णय गरेको थियो । खासगरी दुई फोटो हेरिएपछि यसलाई सम्पादन गरिएको निचोडमा आफूहरू पुगेको पत्रिकाको रिपोर्टमा उल्लेख छ ।

हिउँ चितुवाको पृष्ठभूमि तयार गर्न प्रयोग गरिएको पहाडका टुक्राहरू हेर्दा फोटो सम्पादन गरिएको पुष्टि हुने म्यागजिनको दाबी छ । आफूले पत्ता लाएका कुरा र आशंकाबारे थप पुष्टि गर्न पत्रिकले केही विज्ञको भनाइ पनि राखेको छ । हिउँ चितुवा विशेषज्ञ फोटोग्राफर भिन्सेन्ट मुनियरले हिउँ चितुवा हिमनदीमा नभेटिने जवाफ दिएका छन् ।

कितियाले आफ्नो ब्लगमा राखेका तीन तस्वीरलाई पत्रिकाले सूक्ष्म विश्लेषण गरेको छ । तीमध्ये ७ हजार १ सय ६१ मिटरमा खिचेको भनिएको फोटोको पृष्ठभूमि पनि सम्पादन गरिएको उल्लेख छ । हिउँ चितुवाहहरू ५५ सय मिटरभन्दा माथि नजाने विज्ञको भनाइका आधारमा पत्रिकाले तर्क गरेको छ ।

अर्को एक तस्वीरमा त्यतिमाथिको उचाइँमा परेवा उडेको देखाइएको र त्यसलाई अप्रत्याशित भनिएको छ ।’एउटा कुरा निश्चित छ, कितिया पावलोव्स्की दृश्यकला र फोटोसपमा विज्ञ छिन्’ पत्रिकाले लेखेको छ । वरिष्ठ फोटोग्राफर ॐ यादवले पत्रिकाले गरेको दाबी तार्किक रहेको बताए ।

यसअघि नेपालकै कतिपय विज्ञले कितियाले खिचेका हिउँ चितुवाका तस्वीलाई अविश्वसनीय भन्दै आएका थिए ।‘हिउँ चितुवाको फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत उक्त तस्वीर प्रकाशित भएको थियो । उक्त फोटोहरु नेपालमा भाइरल भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment