Latest
img

चिनिया पप गायकले १७ बर्षिया किशोरीलाई घरमै बोलाएर गरे यस्तो कुकर्म , देश निकाला गर्न अदालतको आदेश

काठमाडौँ – चिनियाँ मूलका क्यानेडियन पप गायक क्रिस वुलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । वुलाई यौ’ न अपराधमा दोषी पाएपछि अदालतले उनलाई यो सजाय सुनाएको हो । गत वर्ष क्रिस वुलाई प्रहरीले पक्राउ गरेको थियो ।

बेइजिङको एक अदालतले ३२ वर्षीय क्रिस वुलाई तीन महिलालाई ब’ ला त्कार गरेको र सामूहिक यौ’ न क्रियाकलापका लागि भीड जम्मा गरेको अभियोगमा दोषी ठहर गरेको छ ।त्यतिबेला एक विद्यार्थीले उनलाई डेटले ब’ ला त्कार गरेको आरोप लगाएकी थिइन् ।

अदालतले वुलाई देश निकाला गरिने जनाएको छ। तर, चीनमा रहेका व्यक्तिलाई सजाय पूरा भएपछि देश निकाला गर्ने प्रक्रिया सुरु हुन्छ ।बेइजिङको चाओयाङ जिल्लाको अदालतले शुक्रबार क्रिस वुलाई तीन महिलालाई ब’ ला त्कार गरेको अभियोगमा ११ वर्ष ६ महिना जेल सजाय सुनाएको छ ।

गायकमाथि सन् २०२० मा म’ दिरा सेवन गरेर आफ्नो रक्षा गर्न नसकेर तीनै महिलालाई आफ्नो घरमा बोलाएर ब’ ला त्कार गरेको आरोप लागेको छ । अदालतले यस बाहेक गायकलाई सामूहिक यौ’ न क्रियाकलापका लागि मानिस जम्मा गरेको अभियोगमा एक वर्ष १० महिनाको जेल सजाय तोकेको छ ।

क्रिस वुलाई पहिलो पटक डु मेइझु नामका विद्यार्थीले आरोप लगाएका थिईन् । युवतीले सामाजिक सञ्जालमा पोष्टमार्फत आफूले दुई वर्षअघि वुसँग भेट भएको बताएकी थिइन् । त्यसपछि केटीको उमेर १७ वर्ष थियो। युवतीका अनुसार गायकको घरमा भएको पार्टीमा उनलाई बोलाइएको थियो ।

त्यहाँ उनलाई र’ क्सी पिउन बाध्य पारियो र भोलिपल्ट बिहान उठ्दा उनी सिंगरको ओछ्यानमा थिइन् ।यसपछि अरु २४ युवतीहरु अगाडि आएर वुविरुद्ध उजुरी दिएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment