Latest
img

पुर्वराजा ज्ञानेन्द्र शाहले देशमा राजसंस्था आवश्यक छ भन्दै गर्दा जनताको चाहाना के छ ?

पुर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहले बिभिन्न समयमा देशमा पुन राजतन्त्र आवश्क रहेको बताउदै आएका छन् ।

कुनै बिशेष समारोहमा बोल्दा होस् वा चाडपर्वको समयमा शुभकामना सन्देश दिने क्रममा हरेक समयमा राजतन्त्र आवश्क रहेको बताईरहेका छन् ।

यसबाट राजतन्त्र पुर्नरस्थापना गर्ने कसरतमा उनि लागेको बुझ्न सकिन्छ । हुन त सार्वजनिक ठाँउमा निर्धक्क भएर आफ्नो भनाई राख्न पाउने अधिकार जो कोहि नेपालीको पनि हुने गर्छ ।

तर पुर्व राजा को देश दौरान र कुनै सार्वजनीक कार्यक्रममा सहभागि हुने क्रममा राजनैतिक दलहरुको मुटुमा ढ्याङरो ठोक्ने गरेको छ ।

पछिल्लो समय जनता राजनैतिक दलका नेताहरुको ब्यवहार देखेर आजित भई सकेका छन् । बिभिन्न समयमा बोल्ने क्रममा पूर्वराजाले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोधगरेको बतादै आएका छन् ।

देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गर्दै जनताको मन जित्ने प्रयास गरिरहेको बुझिन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment