विभागीय टोली त्रिभुवन आर्मीले पहिलो संस्करणको सगरमाथा कप टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा भारतीय टोली इस्ट सेन्ट्रल रेलवेलाई ३ विकेटले पराजित गरेको हो ।
इस्ट सेन्ट्रलले दिएको ८३ रनको लक्ष्य आर्मीले १५.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।आर्मीको जितका लागि भिम सार्कीले सर्वाधिक २७ रन बनाउँदै अविजित रहँदा कुशल मल्लले २० र रमेश भाटले १० रन जोडे ।इस्ट सेन्ट्रलका लागि अर्मान आलमले ३ विकेट हात पार्दा सुमन कुमारले २ विकेट लिए ।
यस्तै अभिषेक वत्स र केषभ कुमारले १-१ विकेट लिए ।यसअसि पहिले ब्याटिङ गरेको इस्ट सेन्ट्रलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर कुल ८२ रनको योफल तयार पारेको थियो ।इस्ट सेन्ट्रलका लागि कप्तान केषभ कुमारले अविजित ३२, राज यादवले १८, अभिषेक वत्सले र मृत्युञ्जय यादवले ८ रन जोडे ।
बलिङ्गतर्फ आर्मीका लागि विक्रम सोव र कुशल मल्लले २-२ विकेट लिए । प्रतिस जिसी, हरी चौहान र बसिर अहमदले १-१ विकेट हात पारे ।यस जितसँगै ३ खेलबाट २ अंक जोडेको आर्मी दोश्रो स्थानमा उक्लिएको छ ।यता लगातार दोश्रो हार व्यहोरेको इस्ट सेन्ट्रल अंक विहीन बन्दै पुछारमा रहेको छ ।
यता भारतमा अभ्यास खेल खेलिरहेको नेपाली क्रिकेट टोली आज दोस्रो एकदीवसीय खेल खेल्दैछ । दोस्रो खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनले पहिला ब्याटिङ गरेकोमा ४०.५ ओभरमा १५८ रनमा अलआउट भएको छ ।नेपालका लागि सागर ढकालले ५, कुशल भुर्तेलले ३, सोमपाल कामीले १, हरिशंकर शाहले १ , ललित राजवंशीले १ विकेट हात पारे ।
दिल्लीका काभ्य गुप्ताले सर्वाधिक ३४ रन बनाए ।नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास गरिरहेको हो ।यसअघि भएको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए ।
Leave A Comment