Latest
img

कतार विश्वकप : आज चार खेल हुँदै (पूरा जानकारी)

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज दोस्रो राउन्डका विभिन्न ४ खेल हुँदैछन् । हिजोबाट दोस्रो राउन्डका खेल सुरु भएकोमा पहिलो दिन ४ खेल भए । आज दोस्रो राउन्डका खेल सुरु भएपछि दोस्रो दिनमा थप ४ खेल हुन लागेका हुन् ।

गत राति भएका खेलमा वेल्सलाई इरानले २–० ले हराउँदा सेनेगलले आयोजक कतारलाई १–३ ले हरायो । आयोजक कतार अन्तिम खेलअघि नै प्रतियोगिताबाट आउट भइसकेको छ । त्यसैगरी, नेदरल्यान्ड्स र इक्वेडरले १–१ को बराबरी खेले भने चौथो खेलमा इंग्ल्यान्ड र अमेरिकाले पनि ०–० को बराबरी खेले ।

गत रातिका खेलबाट इंग्ल्यान्ड र नेदरल्यान्ड्स दुवैले खेल जितेर अन्तिम खेलअघि नै अन्तिम १६ मा जो अवसर गुमाए ।आज हुने पहिलो खेलमा दिउँसो ३ः४५ बजेबाट ट्युनिसिया र अस्ट्रेलियाको खेल हुँदैछ । यो खेल अल जानोउब रंगशालामा हुनेछ ।अहिले अंक तालिकामा फ्रान्स ३ अंकका साथ शीर्ष स्थानमा हुँदा ट्युनिसिया र डेनमार्कको समान १–१ अंक छ ।

पराजित अस्ट्रेलिया पुछारमा छ । र, आजै यस समूहको दोस्रो खेलमा फ्रान्स र डेनमार्कको खेल पनि हुँदैछ । यो खेल हुँदा फ्रान्समाथि दबाब हुनेछ । फ्रान्सका लागि डेनमार्क सहज प्रतिस्पर्धी होइन । यसै वर्ष युईफए नेसन्स लिगको खेलमा डेनमार्कले फ्रान्सलाई उसकै घरमा हराइसकेको छ ।

आज पनि डेनमार्क सोही कथा दोहोराउने प्रयासमा हुनेछ ।आजको खेल हुँदा फ्रान्सलाई अवसर छ कि, डेनमार्कमाथि स्पष्ट जित निकालेर अन्तिम खेलअघि नै अन्तिम १६ मा प्रवेश गर्नेछ । तर, यदि फ्रान्स हारेर डेनिस टिमले जिते ऊ पनि अन्तिम १६ का लागि खुला हुनेछ । डेनमार्कले आज नहारी बराबरी मात्रै खेले पनि उसका लागि अन्तिम खेलसम्म अन्तिम १६ खुला हुनेछ ।

तर, आज डेनमार्क फ्रान्ससँग पराजित भयो अनि अर्को खेलमा ट्युनिसिया पराजित भए डेनमार्कलाई समस्या बढ्नेछ । तसर्थ अन्तिम १६ को सम्भावना खुला गर्न डेनमार्कले आज स्पष्ट जित वा कम्तीमा पनि बराबरी नतिजा निकाल्नैपर्छ । आज हारेको खण्डमा फ्रान्समाथि पनि थप दबाब बढ्ने नै छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment