Latest
img

दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे पुलमा लडेर एक वृद्धाको मृ’ त्यु, बिभिन्न ठाउमा अन्य २ जनाको पनि नि’ धन

कैकञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृ’ त्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृ’ त्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृ’ त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृ’ त्यु भएको थियो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए ।

त्यस्तै बैतडीको पुर्चाैडी नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृ’ त्यु भएको छ । पुर्चाैडी ६ खठायत गाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भिरबाट लडेर मृ’ त्यु भएको हो ।शनिबार दिउसो खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भिरबाट लडेर घटनास्थलमै मृ’ त्यु भएको स्थानीय लक्ष्मण बोहराले जानकारी दिए ।

मृ’ तक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । उता तनहुँमा मोटरसाइकल दु’ र्घटनामा परेर आज एक युवकको मृ’ त्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृ’ त्यु भएको हो ।

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृ’ त्यु भएको हो । दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृ’ त्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किका प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment