Latest
img

यो ‘एक अवस्था’मा अर्जेन्टिना अन्तिम खेलअघि आजै विश्वकपबाट आउट हुनेछ

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा आज समूह ‘सी’का दुई खेल एकैदिन हुँदैछन् । जसमा साँझ ६ः४५ बजेबाट साउदी अरब र पोल्यान्डको खेल हुनेछ । अहिले अंक तालिकामा साउदी ३ अंकका साथ शीर्ष र पोल्यान्ड १ अंकका साथ दोस्रो स्थानमा छ ।

१ अंक नै भएको अर्को देश मेक्सिको तेस्रो स्थानमा रहँदा अंकविहीन अर्जेन्टिना पुछारमा छ । पहिलो खेलमा साउदीले नाटकीय रूपमा अर्जेन्टिनालाई २–१ ले हरायो भने पोल्यान्ड र मेक्सिकोले ०–० को बराबरी खेले । यस समूहमा अहिले लियोनल मेस्सीको देश अर्जेन्टिना सबैभन्दा दबाबमा छ ।

साउदीसँग कल्पनै नगरेको हारे बेहोरेपछि अर्को खेलमा पोल्यान्ड र मेक्सिकोले बराबरी खेल्दा अर्जेन्टिनालाई थोरै राहत मिलेको थियो ।यदि सो खेलमा कुनै एक टिम विजयी भएको थियो भने आज दुई टिमको खातामा ३–३ अंक हुने थियो, जुन अर्जेन्टिनाका लागि तनाव हुन्थ्यो ।

यस समूहमा अझै पनि अन्तिम १६ मा जानका लागि अर्जेन्टिना, साउदी, पोल्यान्ड र मेक्सिको सबैको ढोका खुला छ । पहिलो खेल जितेकाले साउदीमाथि दबाब कम छ । साउदी त यति सहज अवस्थामा छ कि, उसले आज साँझ ६ः४५ बजेबाट हुने खेलमा पोल्यान्डलाई मात्रै १–० ले हराए ऊ अन्तिम खेल मेक्सिकोसँग खेल्नुअभि नै अन्तिम १६ मा प्रवेश गर्नेछ ।

साउदी यो अवसर खेर जान दिने पक्षमा छैन । सहज अवस्थामा नकआटमा जानका लागि साउदी आज पोल्यान्डमाथि अर्को सनसनीपूर्ण जितको खोजीमा हुनेछ ।आज सबैभन्दा तनाव र दबाबमा मेस्सीको टिम अर्जेन्टिना हुनेछ । तर, अन्तिम २ खेल हुँदासम्म अर्जेन्टिना आफ्नै खेलको नतिजाको भरमा अन्तिम १६ मा जान सक्छ । त्यसका लागि उसले आफ्ना दुवै खेल जित्नुपर्छ ।

पहिलो खेलमा अर्जेन्टिना साउदीसँग २–१ ले पराजित हुँदा पोल्यान्ड र मेक्सिकोले ०–० खेले । आज साउदी र पोल्यान्ड भिड्दा अर्को खेलमा अर्जेन्टिना र मेक्सिको खेल्नेछन् । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र पोल्यान्ड खेल्दा अर्को खेलमा साउदी र मेक्सिको खेल्नेछन् ।

यदि आज साउदीले आफ्नो खेल जितेको खण्डमा अर्जेन्टिनामाथि राति मेक्सिकोसँग खेल्दा झन् दबाब बढ्नेछ । साउदी पराजित भए वा रोकिए राति मेक्सिकोसँग खेल्दा अर्जेन्टिनालाई दबाब कम हुनेछ ।मुख्य कुरा त, यदि अर्जेन्टिनाले आज राति दोस्रो खेलमा मेक्सिकोसँग पनि पराजित भए उसको विश्वकप यात्रा करिब सकिनेछ ।

यदि आज साउदीले जित्यो र अर्जेन्टिना पराजित भयो भने त रेफ्रीले खेल सकिएको सिठ्ठी फुकेसँगै अर्जेन्टिना विश्वकपबाट आउट हुनेछ । तसर्थ आज साउदी र पोल्यान्ड बीच हुने खेलको नतिजाले अर्जेन्टिनालाई ठूलो अर्थ राख्नेछ । अर्जेन्टिना यो खेलमा साउदीको हार वा कम्तीमा पनि बराबरी नतिजाको पर्खाइमा हुनेछ ।

साउदी पराजित भयो अर्जेन्टिनाले मानसिक रूपमा केही हलुका महुसस गर्नेछ । र, मधयराति आफ्नो खेलको तयारीमा लाग्नेछ । खाडी मुलुक साउदी भने आज अर्जेन्टिनालाई जस्तै पोल्यान्डलाई पनि हराएर अर्जेन्टिनालाई बेलैमा घर फर्किने बाटो देखाउने दाउमा हुनेछ ।

१. आज साँझमा हुने साउदी र पोल्यान्डको खेलमा साउदीले १ गोल मात्रैको अन्तरमा जिते पनि ऊ अन्तिम खेलअघि नै अन्तिम १६ मा प्रवेश गर्नेछ । र, अर्जेन्टिना मध्यराति मेक्सिकोसँग हारे उसले अन्तिम खेल पोल्यान्डसँग नखेली आजै कतार विश्वकपबाट आउट हुनेछ । मूल कुरा यही हो । यति बुझ्दा काफी हुन्छ ।

२. यदि आज साँझको पहिलो खेलमा साउदी पराजित भएर अर्जेन्टिनाले मध्यराति आफ्नो खेलमा मेक्सिकोसँगलाई जिते अर्जेन्टिनाको ढोका खुला हुनेछ ।३. यदि आज साँझको खेलमा साउदी पोल्यान्डसँग बराबरीमा रोकियो भने अर्जेन्टिनाले मध्यराति आफ्नो खेलमा मेक्सिकोलाई जिते वा बराबरी खेले पनि अर्जेन्टिनाको ढोका तेस्रो खेलसम्म खुला नै रहनेछ । तर, धेरै जोखिमपूर्ण बाटो हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment