Latest
img

फिल्डमा खटिए रवि लामिछने, अलपत्र सडकको काम सुरु गर्न ठेकेदारलाई गिल्डमै लगे

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अलपत्र सडक समयमै निर्माण गर्न ठेकेदारलाई अनुराेध गर्नुभएकाे छ । आज शनिवार ठेकदारसँगै सडकमा पुगेर लामिछानेले यस्ताे अनुराेध गर्नुभएकाे हाे ।

चितवनको भरतपुर महानगरपालिकाको शहिदचोक–धर्मचोक–कचपचे सडक खण्ड अन्तर्गतको धर्मचोक क्षेत्रमा कालोपत्र हुन नसकेको सडककाे विषयमा लामिछानेले सरोकार राख्नुभएको हो । सडक निर्माण थालिएको समय धेरै भएपनि कालोपत्र हुन सकिरहेको छैन ।

समयमै सडक नबन्दा यात्रुले बर्खामा हिलाे र हिउँदमा धुलोको समस्या खेपिरहेका छन् ।अध्यक्ष लामिछानेले सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बाटो निर्माणका लागि सार्वजनिक प्रतिबद्धता गर्न लगाउनुभयो ।

लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई माइकमा बोल्न लगाएर भोलि (आइतवार) देखि नै काम गराउने प्रतिबद्धता गराउनुभयो ।यस क्षेत्रको पाँच सय मिटर सडक कालाेपत्र गर्न बाँकी छ ।

निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनमा राेकिएका काम तत्काल सक्ने गरि काम अघि बढेको बताउनुभयो ।यस क्षेत्रका नागरिकले नबनेको भन्दै गुनासाे गर्ने गरेकाले ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई फिल्डमै ल्याएर समस्या समाधान गराउने प्रयास गरेकाे रवि लामिछानेले बताउनुभयाे ।

जितपछि बधाई खाने समय नभएको बताउँदै उहाँले काम गर्ने बेला आएको बताउनुभयो । औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले उनीहरूकाे काममा लागिपरेको उहाँकाे भनाइ छ । आफूलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउन पनि उहाँकाे आग्रह छ ।

यसैबीच आजै बिहान लामिछानेले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखामा सरोकारवाला पक्षसँग चितवनलगायत देशभरका किसानले भोग्दै आएका मलको समस्याको विषयमा छलफल गर्नुभएको छ । किसानले लामो समयदेखि भोग्दै आएको मलको समस्या समाधान गर्नु आफ्नो महत्त्वपूर्ण प्राथमिकता मध्येको एक भएकाे उहाँले बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment