Latest
img

देउवालाई भेट्नुअघि भारतीय राजदूत श्रीवास्तवसँग प्रचण्डको भेट गरेको खुलाशा

नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। शनिबार अपरान्ह खुमलटार पुगेर प्रचण्डसँग भेटेका श्रीवास्तव लगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

खुमलटारमा श्रीवास्तवले प्रचण्डसँग झण्डै आधा घन्टा भेट गरेका थिए। प्रचण्ड निकट स्रोतले दिएको जानकारी अनुसार भेटमा निर्वाचनपछि नेपालमा बन्ने सरकारको बारेमा श्रीवास्तवले जिज्ञासा राखे। उनले प्रचण्डलाई बधाई पनि दिए। ‘उहाँहरुबीच झण्डै आधा घन्टा कुरा भएको थियो।

बधाई साटासाट भयो,’ स्रोतले भन्यो, ‘अब नेपालमा कसको सरकार बन्छ? निर्वाचन परिणामलाई कसरी लिनुभएको छ भन्ने जानकारी उहाँले लिनुभएको थियो।’ उता प्रधानमन्त्री देउवालाई पनि श्रीवास्तवले सरकार गठन र निर्वाचन परिणामकै बारेमा जिज्ञासा राखेका थिए।

‘पूरै परिणाम आएको छैन्, हामी नतिजा कुरेर बसिरहेका छौं,’ देउवाले श्रीवास्तवलाई दिएको जवाफ उदृत गर्दै बालुवाटार स्रोतले भन्यो। निर्वाचनको परिणाम अन्तिम चरणमा पुग्दा भारतीय राजदूत श्रीवास्तवको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उता पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक नतिजा देखिन थालेका आरोप लगाएका छन् ।‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य पनि हुनसक्छ,’

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्,’जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् ।’मतगणनामा प्रतिनिधि रहेका आफ्ना कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउन अनुरोध गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment