Latest
img

बाबा रामदेव भन्छन्–महिलाहरु ना’ ङ्गै हुँदा सबैभन्दा सुन्दर देखिन्छन्

महिलालाई लिएर दिएका बयानका कारण योग गुरु रामदेव विवादमा परेका छन् ।शुक्रबार बाबा रामदेवले महिलाको पहिरनबारे टिप्पणी गरेका थिए । महाराष्ट्रमा आयोजित एक कार्यक्रममा राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी अमृता फडणवीसको उपस्थितिमा बाबा रामदेवले महिला भक्तजनलाई लिएर निकै भद्दा बयान दिएका हुन् ।

उनले भनेका छन्, ‘सबैको अनुहारमा म खु:शी देख्न चाहान्छु । तपाईंहरु धेरै खु:शी हुनुहुन्छ । भाग्यशाली हुनुहुन्छ तपाईहरु…धेरै सुन्दर देखिनुभएको छ । अगाडिकालाई सारी लगाउने मौका मिल्यो पछाडि भएकाहरुलाई मौका मिलने् । सारी आफ्नो झोलामा प्याक गरेर ल्याएका थिए ।

बिहान योग गरे, त्यसपछि इन्डिया टिभीको कार्यक्रम भया र अहिले दिउँसोको कार्यक्रम सुरु भयो । अब घरमा गएर लगाउनु । केही फरक पर्दैन् । तपाईंलाई सारी लगाउँदा पनि राम्रो देखिन्छ, सलवार सुटमा पनि अमृताजीजस्तै सुन्दर देखिनुहुन्छ र मजस्तै केही नलगाए पनि सुन्दर देखिनुहुन्छ ।

मान्छेहरु लाज मानेर कपडा लगाउँछन् । बच्चालाई पहिले कसले कपडा लगाउँथ्यो ? हामी त ८ देखि १० वर्षसम्म नां’ गो घुम्थिम् ।’ त्यसपछि बाबा रामदेवको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।थानेमा पतञ्जलि योग पीठ र मुम्बई महिला पतञ्जलि योग समितिद्वारा योग विज्ञान शिविर तथा महिला सम्मेलन आयोजना गरिएको थियो ।

जसमा अमृता फडणवीस र बाबा रामदेव सहभागी भए ।त्यहाँ महिलाहरुले योग पहिरन लगाएर कार्यक्रमपछि हुने आमसभामा सहभागी हुन सारी ल्याएका थिए । तालिम शिविर सकिएलगत्तै बैठक सुरु भएकोले धेरै महिलाले लुगा फेर्न समय पाएनन्, उनीहरु योगा सूट लगाएर शिविरमा सहभागी हुनुपर्यो ।

महिलाहरूलाई योगा सूटमा देखेर रामदेवले उनीहरूसँग सारी लगाउने समय नभए पनि फरक नपर्ने टिप्पणी गरेका हुन् । महिलाहरु सबै पहिरनमा राम्रो देखिने अझ लुगा नलगाएर नां’ गो हुँदा थप सुन्दर देखिने उनको तर्क थियो । त्यसपछि त्यहाँ उपस्थित मानिसहरू हाँस्न थाल्छन् ।

यस अवसरमा रामदेवले उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नीको पनि तारिफ गरे । भिडियो बाहिर आएपछि दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यस विषयमा आवाज उठाएकी छिन् । स्वामी रामदेवले महाराष्ट्रका उपमुख्यमन्त्रीकी पत्नीको अगाडि महिलामाथि गरेको टिप्पणी अ’ भद्र र निन्दनीय भएकोउनले स्पष्ट पारिन् ।

उनका अनुसार रामदेवको बयानबाट सबै महिला दुखित छन्, बाबा रामदेवले देशसँग माफी माग्नुपर्छ । यसबीच पूर्व डीजीपी आरके विजले बाबा रामदेवलाई योगमा मात्र ध्यान दिन सुझाव दिएका छन् । रामदेवको यो भनाइलाई लिएर विवाद सुरु भएको छ ।

महाराष्ट्र महिला आयोगले बाबा रामदेवलाई विवादास्पद बयानलाई लिएर दुई दिनभित्र स्पष्टीकरण दिन भनेको छ । आयोगले भन्यो, ’महाराष्ट्रको ठाणेमा एक कार्यक्रममा बोल्दै बाबा रामदेवले महिलाको इज्जत र प्रतिष्ठामा ठेस पुर्‍याउने अभद्र टिप्पणी गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment