काठमाडौँ – फिफा विश्वकप कतार २०२२ मा उपाधि दावेदारको रुपमा अर्जेन्टिनाले शनिबार राति दोस्रो खेलमा मेक्सिकोसँग खेलिरहेको छ । राति १२ः४५ देखि शुरु भएको खेलको पहिलो हाफ बिना गोल सकिएको छ ।
पहिलो खेलमै साउदी अरेबियासँग २–१ को नमिठो हार बेहोरेको अर्जेन्टिनाले शनिबार राति मेक्सिकोको सामना गर्दा त्याे हारलाई बिर्सदै अघिल्लो चरण पुग्ने सम्भावना बलियो पार्न निश्चित जित आवश्यक हुनेछ ।तर पहिलो हाफ मा मेस्सिले कुनै जादु देखाउन सकेनन ।
लुसाइल स्टेडियममा मध्यराति १२ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको छ । जित्नैपर्ने दबाबका साथ उत्रिएको अर्जेन्टिना पहिलो हाफमा साँच्चै ठूलो दबाबमा देखिएको छ । उसले बल पोजिसन ज्यादा राखे पनि गतिलो मुभ सिर्जना भने जिरो ।
अर्जेन्टिनाले पहिलो रोजाइको टोली उतारेको छ । फ्रन्ट लाइनमा लियोनल मेस्सी, लौटारो मार्टिनेज र एन्जल डि मारिया सहितका खेलाडी भए पनि अर्जेन्टिनाले पहिलो हाफमा मेक्सिन टिमको पोस्टर्फ एकपटक सट प्रहार गर्न सकेन । एकप्रकारले भन्ने हो भने अर्जेन्टिनी निरीह नै देखियो ।
मेक्सिकोले भने सातौं मिनेटमै एकपटक मुभ बनाएकोमा ४४औं मिनेटमा फ्रि किकमा अन टार्गेट सट हानेको थियो ।मेक्सिन खेलाडीले हानेको रकेट फ्रि किक सट अर्जेन्टिनी गोलकिपरले कठिन गरी बचाएपछि अर्जेन्टिना खतरनाक गोल खानबाट बचेको थियो । पहिलो हाफमा मेक्सिकोले जम्मा २ सट हान्दा एउटा अन टार्गेट हान्यो ।
अर्जेन्टिनाले जम्मा एउटा सट हानेकोमा त्यो पनि आकाशति उडेको थियो । पहिलो हाफमा मेक्सिन टिमले आफ्ना एक खेलाडी परिवर्तन गरिसकेको छ ।विश्वकपअन्तर्गत यसअघि भएकाे पहिलाे खेलमा दुई पल्टकाे विश्व च्याम्पियन अर्जेन्टिना अप्रत्यासित रुपमा साउदी अरेबियासँग २–१ ले पराजित भएकाे थियो।
मेक्सिकाेले भने गाेलरहित बराबरीमा पाेल्याण्डलाई राेकेकाे थियो।अघिल्लो खेलमा एसियन राष्ट्र साउदी अरबसँग २१ ले हार बेहोरेको अर्जेन्टिना अघिल्लो चरणमा प्रवेश गर्न जसरी पनि जित निकाल्न चाहन्छ। तर मेक्सिकोले भने अघिल्लो चरणमा बराबरी खेलेकाले ऊसँग १ अंक छ। यस्तोमा मेक्सिकोले आजको खेल बराबरीमा मात्र रोक्न सके उसले साउदी अरबलाई जिते अन्तिम १६ मा पुग्न सक्छ।
Leave A Comment