Latest
img

Breaking: मेक्सिको बिरुद्द मेस्सिको १ गोल

काठमाडौँ – काठमाडौँ – फिफा विश्वकप कतार २०२२ मा उपाधि दावेदारको रुपमा अर्जेन्टिनाले शनिबार राति दोस्रो खेलमा मेक्सिकोसँग खेलिरहेको खेलमा अर्जेन्टिनाले १ गोल गरेको छ । राति १२ः४५ देखि शुरु भएको खेलको पहिलो हाफ बिना गोल सकिएको थियो ।

पहिलो खेलमै साउदी अरेबियासँग २–१ को नमिठो हार बेहोरेको अर्जेन्टिनाले शनिबार राति मेक्सिकोको सामना गर्दा त्याे हारलाई बिर्सदै अघिल्लो चरण पुग्ने सम्भावना बलियो पार्न निश्चित जित आवश्यक हुनेछ ।तर पहिलो हाफमा कुनै जादु देखाउन नसकेका मेस्सिले दोश्रो हाफमा १ गोल गरेका हुन् ।

उनले डि मारियाकाे पासमा ६४ मिनेटमा गाेल गर्दै मेक्सिकाेविरुद्ध अग्रता दिलाएका हुन्। मेसीले गाेल गर्दै विश्वकपकाे नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई जिवित तुल्याएका छन्। लुसाइल स्टेडियममा मध्यराति १२ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको थियो ।

जित्नैपर्ने दबाबका साथ उत्रिएको अर्जेन्टिना पहिलो हाफमा साँच्चै ठूलो दबाबमा देखिएको थियो । उसले बल पोजिसन ज्यादा राखे पनि गतिलो मुभ सिर्जना भने जिरो ।अर्जेन्टिनाले पहिलो रोजाइको टोली उतारेको छ । फ्रन्ट लाइनमा लियोनल मेस्सी, लौटारो मार्टिनेज र एन्जल डि मारिया सहितका खेलाडी भए पनि अर्जेन्टिनाले पहिलो हाफमा मेक्सिन टिमको पोस्टर्फ एकपटक सट प्रहार गर्न सकेन ।

एकप्रकारले भन्ने हो भने अर्जेन्टिनी निरीह नै देखियो ।मेक्सिकोले भने सातौं मिनेटमै एकपटक मुभ बनाएकोमा ४४औं मिनेटमा फ्रि किकमा अन टार्गेट सट हानेको थियो ।मेक्सिन खेलाडीले हानेको रकेट फ्रि किक सट अर्जेन्टिनी गोलकिपरले कठिन गरी बचाएपछि अर्जेन्टिना खतरनाक गोल खानबाट बचेको थियो ।

पहिलो हाफमा मेक्सिकोले जम्मा २ सट हान्दा एउटा अन टार्गेट हान्यो ।अर्जेन्टिनाले जम्मा एउटा सट हानेकोमा त्यो पनि आकाशति उडेको थियो । पहिलो हाफमा मेक्सिन टिमले आफ्ना एक खेलाडी परिवर्तन गरिसकेको छ ।विश्वकपअन्तर्गत यसअघि भएकाे पहिलाे खेलमा दुई पल्टकाे विश्व च्याम्पियन अर्जेन्टिना अप्रत्यासित रुपमा साउदी अरेबियासँग २–१ ले पराजित भएकाे थियो।

मेक्सिकाेले भने गाेलरहित बराबरीमा पाेल्याण्डलाई राेकेकाे थियो।अघिल्लो खेलमा एसियन राष्ट्र साउदी अरबसँग २१ ले हार बेहोरेको अर्जेन्टिना अघिल्लो चरणमा प्रवेश गर्न जसरी पनि जित निकाल्न चाहन्छ। तर मेक्सिकोले भने अघिल्लो चरणमा बराबरी खेलेकाले ऊसँग १ अंक छ।

अर्जेन्टिनाले मेक्सिकोसँगको पछिल्लो पाँच खेलमा हारको सामना गरेका छैन ।यी दुईबिच अहिलेसम्म ३५ खेल भएको छ जसमा अर्जेन्टिनाले १६ खेल जितेको छ भने मेक्सिकोले १४ खेलमा आफ्नो पक्षमा पारेको छ । यस्तै पाँच खेल बराबरी भएको छ ।आजको खेलमा दुबै टोलि विश्वकप यात्रालाई थप मजबुत बनाउन जितको खोजिमा छन् ।

यता आजको खेल हार्ने टोलिको करिब विश्वकप यात्रा समाप्तिको नजिक हुनेछ ।अर्जेन्टिनाले समूहको पहिलो खेलमा साउदी अरेबीयासँग २–१ गोल अन्तरले पराजित भएको थियो भने मेक्सिकोले पहिलो खेलमा पोल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । तसर्थ आजको खेलमा मेक्सिकोको तुलनामा अर्जेन्टिनालाई खेल हारेमा निकै असहज स्थितीमा पुर्याउनेछ ।

यसै समूह अन्तर्गत आजै भएको खेलमा पोल्याण्डले साउदीलाई २–० गोल अन्तरले हराउँदै शिर्या स्थानमा उक्लिएको छ भने तीन अंक रहेको साउदी दोश्रो स्थानमा छ । अंकविहिन अर्जेन्टिना चौथोमा छ भने एक अंक रहेको मेक्सिको तेश्रोमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment